प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का
०५ पौष २०७६
•
६ मिनेट पाठ
प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का
भजनी नगरपालिका–५ पृथ्वीपुरमा प्रहरीको अधीनमा रहेको जमिन। तस्बिर : योगेश/नागरिक
टीकापुर – नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो।




धनगढीस्थित नेपाल पुलिस स्कुलको आयस्रोतका नाममा प्रहरी अधिकारीहरूले उक्त जमिन बिनाप्रतिस्पर्धा भारतीय नागरिकलाई ठेक्कामा दिएको स्थानीय बताउँछन्। उक्त जमिनबाट आएको आम्दानी प्रहरीका अधिकारीहरूले व्यक्तिगत रूपमा उपभोग गर्दै आएको स्थानीयको आरोप छ। त्यसरी भारतीय नागरिकलाई जमिन ठेक्का दिनु गैरकानुनी भएको स्थानीयको भनाइ छ। स्थानीय गणेश बुढाले प्रतिस्पर्धा गरेर नेपाली नागरिकलाई नै जमिन ठेक्कामा दिनुपर्नेमा जोड दिए। उनले नेपाली नागरिकलाई जमिन ठेक्कामा दियो भने बदमासी सार्वजनिक हुने डरले प्रहरी अधिकारीहरूले गुपचुपमा भारतीयलाई दिने गरेको बताए। ‘नत्र प्रतिस्पर्धाका आधारमा जमिन ठेक्कामा दिन प्रहरीलाई किन समस्या ?’ उनले भने, ‘भारतीयलाई दियो भने सबै कुरा गोप्य रहन्छ। त्यही भएर नेपालीलाई ठेक्का नदिइएको हो।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले नेपाली नागरिकलाई नै जमिन ठेक्कामा दिएको बताए। उनले कुन नेपाली नागरिकलाई जमिन ठेक्कामा दिएको भन्ने बारेमा भने स्पष्ट पार्न सकेनन्। ‘भारतीय नागरिकलाई दिने कुरा हुँदैन,’ उनले भने, ‘नेपालीकै नाममा ठेक्का छ तर खेतीपाती अरूले नै गरेको हुन सक्छ।’ उनले जमिन ठेक्का दिएबापत कति आम्दानी हुन्छ भन्नेबारे समेत स्पष्ट पार्न सकेनन्। उनले आफू कार्यालयबाहिर रहेकाले यसबारे वास्तविक जानकारी दिन दुई/तीन दिन समय लाग्ने बताए। ‘यो विषयमा आइतबारसम्म भन्न सक्छु,’ उनले भने, ‘अहिले म कार्यालयबाहिर छु। सबै कुरा याद हुँदैन।’

प्रहरी अधिकारीहरूले निकै सस्तोमा जमिन ठेक्कामा दिने गरेको र त्यसबारे सोधखोज गर्दा कतैबाट स्पष्ट जानकारी पाउन नसकेको स्थानीय बताउँछन्। स्थानीय टीकाराम भण्डारीले सस्तोमा जमिन ठेक्कामा दिएको सुन्नमा आएको बताए। ‘तर के–कति रकममा ठेक्का दिएको भन्नेबारे यकिन जानकारी पाउन सकिएको छैन।’ स्थानीयले सो जमिनको ठेक्का प्रक्रियाप्रति आवाज उठाएपछि वडा कार्यालयले चासो देखाएको छ। जमिन भोगचलन गर्दै आएका भारतीय नागरिकलाई गत वैशाखमा ठेक्का सम्झौतासम्बन्धी कागजात पेस गर्न वडा कार्यालयले पत्राचार गरेको थियो। उनले २०५८ सालमा प्रहरी कार्यालयले ठेक्का दिएको कागजात मात्रै बुझाएको वडाध्यक्ष केशवबहादुर बुढाले जानकारी दिए। उनले ती व्यक्तिले पछिल्ला वर्षका कुनै कागजात बुझाउन नसकेको जानकारी दिए। ‘उनले त्यसपछिका कुनै कागजात पेस गर्न सकेका छैनन्,’ वडाध्यक्ष बुढाले भने, ‘हामी जमिन ठेक्काको कानुनी पाटो खोजिरहेका छौं।’

स्थानीयले जमिनको ठेक्का प्रक्रिया खुला प्रतिस्पर्धाका आधारमा नभएका कारण आयस्रोत दोहनमा प्रहरी अधिकारीको संलग्नता रहेको आशंका गरे। स्थानीय नृप बुढाले सो जमिन अहिलेसम्म प्रतिस्पर्धाका आधारमा ठेक्का भएको जानकारी नभएको बताए। ‘मैले अहिलेसम्म ठेक्का भएको थाहा पाएको छैन,’ उनले भने, ‘तिनै भारतीयले वर्षौंदेखि खेतीपाती गरिरहेको देखेको छु।’ सीमा प्रहरी चौकी पृथ्वीपुरसँगै जोडिएको सो ऐलानी जमिन तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले प्रहरी स्कुलको आयस्रोत हुनेगरी अधीनमा लिएका थिए। यसबारे तत्कालीन सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी नारायण शर्मा आचार्यले २०६० सालमा गराएको स्कुलका प्रिन्सिपल डिल्लीराज जोशीले बताए।

उनले सो जमिनको आयस्रोत अहिलेसम्म स्कुलमा आएको आफ्नो जानकारीमा नभएको बताए। ‘मैले अहिलेसम्म जमिनको आयस्रोतबारे थाहा पाएको छैन,’ उनले भने, ‘कसले कसरी भोगचलन गरिरहेको छ, थाहा छैन।’ २०४२ सालमा डोटीको बुडरमा दीपेन्द्र प्रहरी आवासीय माविका नाममा स्थापना भएको स्कुल २०६० वैशाखमा धनगढी सारिएको थियो। यस स्कुलको नाम २०६३ सालमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी आवासीय मावि र २०७४ सालमा नेपाल पुलिस स्कुलका रूपमा फेरिएको छ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
१ घण्टा अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस