१९ स्थानमा दसगजा गोलमाल
१७ मंसिर २०७६
•
८ मिनेट पाठ
१९ स्थानमा दसगजा गोलमाल
नेपाल–भारत सीमा विवाद भइरहने इलामको सन्दकपुरस्थित भ्यु–टावरमा शनिबार राष्ट्रिय झन्डा फहराउँदै विद्यार्थी । यहाँ सन्दकपुर गाउँपालिकाले बनाउन लागेको भ्यु–टावर भारतीय सीमा सुरक्षा बलले रोकिदिएको छ। तस्बिर स्रोत/ सामाजिक सञ्जाल
इलाम – जिल्लाको भारतीय सीमासँग जोडिएको दसगजा वर्षाैंदेखि दुवैतर्फबाट अतिक्रमित छ। भारतीय पक्षले दसगजामा सरकारी भवन बनाएर सुरक्षाकर्मीसमेत राखेका छन् भने नेपालीले पनि निजी घर र अन्य संरचना बनाएका छन्।




इलामसँग जोडिएको भारतीय सीमा सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटर छ। यो दूरीमा दुवैतर्फबाट १९ स्थानमा दसगजा मिचेर संरचना बनाइएको पाइएको छ। एकले अर्काे देशको भूमि अतिक्रमण नगरे पनि दसगजामा चाहिँ बेला–बेला समस्या दोहोरिने गरेको सुरक्षा निकायले जनाएको छ। पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) का अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दसगजा अतिक्रमण नै हो। यो क्षेत्रको दसगजा नेपालतर्फबाटभन्दा भारततर्फबाट दोब्बरभन्दा बढीले अतिक्रमित छ।

जिल्लाको सन्दकपुर, कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, चित्रेगुम्बा, हिले, छब्बिसे, फाटक, पुलखोला, सिमाना र गुफापातालमा दसगजा मिचेर संरचना बनाइएका छन्। यी क्षेत्रमध्ये भारतले दसगजाको धेरै स्थानमा पक्की सडक बनाएको छ। हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प नै छ। पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।

पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दसगजामा छ। नजिकै भारतले करिब २ वर्षअघि पुरानो गुम्बा मर्मतको नाममा पक्की गुम्बा बनाएको छ। हिले, सन्दकपुर, तुम्लिङ, चित्रेगुम्बा र सिमानाको दसगजामा भारतले पक्की सडक बनाइसकेको छ। मानेभञ्ज्याङ र सिमानाको दसगजामा दुवैतर्फ निजी घर बनेका छन्। नेपालतर्फबाट कालपोखरीको दसगजामा चर्पी बनेका छन् भने सन्दकपुरमा गेस्ट हाउस छ। गैरीबासमा घर, चित्रेगुम्बामा सडक र मेघमाको गुम्बाले दसगजालाई नै कम्पाउन्डका रूपमा बारेका छन्।

पुलखोलाको दसगजामा एसएसबीले गोलघर बनाएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालय छ। विद्यालयको खेलमैदान पनि दसगजामै पर्छ।

विभिन्न स्थानको दसगजामा नेपाल–भारत दुवैतर्फबाट ३२ घर बनेका छन्। मानेभञ्ज्याङमा नेपालतर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन्। मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट दुई, सिमानामा भारतपट्टि चार, नेपालपट्टि दुई तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनाइएको छ। पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बिओपीका अनुसार दसगजाको सबै तथ्यांक माथिल्लो निकायमा पठाइसकिएको छ। बिओपीका सशस्त्र प्रहरी निरीक्षक पवन खड्काले सशस्त्र प्रहरीले पूर्वी सीमाक्षेत्र बेला–बेला अवलोकन गर्ने गरेको बताए।

दसगजा मिचिनु र सीमाकै कारण बेला–बेला तनाव सिर्जना हुनुको कारण चाहिँ सीमास्तम्भ नहुनु हो। भएका सीमास्तम्भ जीर्ण र कतिपय स्थानमा सीमास्तम्भ नै नभेटिएका कारण विवाद बल्झिरहने गरेको छ। सुरक्षा निकायले यो स्थानका सीमास्तम्भको तथ्यांक पनि संकलन गरेको छ।

जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटा फेला परेका छन्। एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा छ। रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ फेला नपरेको हो। ‘भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भमात्रै सग्ला छन्।’

यो दूरीमा ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटामात्रै छन्। ४६ साना सीमास्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन्। मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका पाइएका छन्। यीबाहेक सहायक सात र साना दुई सीमास्तम्भ पुनःनिर्माण गर्नुपर्ने अवस्थाका छन्। जिल्लाको सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्याेदय नगरपालिकाले भारतीय सीमा छोएका छन्।

सुरक्षा निकायको उपस्थिति नगन्य भएका कारण दसगजा अतिक्रमणको चपेटामा परेको हो। भारतले यो साढे ५२ किलोमिटरमा एसएसबीका २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ। नेपालतर्फ भने पशुपतिनगरमा गतवर्ष सशस्त्र प्रहरीको बिओपी बसेको छ। पशुपतिनगरमा इलाका प्रहरी कार्यालय छ भने छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकी छन्।

निरीक्षक खड्का भौगोलिक रूपले विकट सीमाक्षेत्रमा पुग्न सुरक्षाकर्मीलाई चुनौती भएको बताउँछन्। ‘सीमाक्षेत्रमा आवश्यकताअनुसार सुरक्षा इकाई नै छैनन्, भएका इकाई पनि स्रोत–साधनपूर्ण छैनन्,’ उनले भने, ‘भौगोलिक रूपले विकट स्थानमा त्यहीअनुसार जनशक्ति र स्रोत–साधन चाहिनेमा त्यो पर्याप्त छैन।’

पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयका अनुसार अहिले दसगजामा दुवै पक्षले कुनै पनि नयाँ संरचना बनाउन नदिएको जनाएको छ। ‘पुराना संरचना भत्काएर नयाँ बनाउन दिइएको छैन,’ कार्यालय प्रमुख जयकृष्ण ढकालले भने। उनले अब चाँडै नापी विभागको टोलीले यहाँको सीमा नापजाँच गर्ने पनि बताए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४१ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस