हटेन सीमाको काँडेतार
११ मंसिर २०७६
•
७ मिनेट पाठ
हटेन सीमाको काँडेतार
भारतले सीमामा पर्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा लगाइएको काँडेतार। तस्बिरः पुष्पराज/नागरिक
धनगढी – कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा तीन किलोमिटर क्षेत्रमा माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडेतार लगाएको थियो।




नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडेतार लगाउँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ढिस्कोका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए।

स्थानीय बासिन्दा, नेपाली सञ्चारमाध्यम, स्थानीय प्रहरी प्रशासन, वन कार्यालय तथा वन्यजन्तुका क्षेत्रमा काम गरिरहेकाहरूले विरोध गरे पनि भारतीय पक्षले अटेर गर्दै तारबार लगाएको हो।

केही महिनाअघि सीमासम्बन्धी संयुक्त सर्भे टोलीको नेपालमा सम्पन्न बैठकमा सहभागी हुन आएका भारतको लखिमपुर जिल्लाका डिएम शैलेन्द्र सिंहले सीमामा जैविक मार्ग अवरुद्ध हुनेगरी तारबार लगाएको बारेमा आफूलाई जानकारी नभएको नागरिकसँग बताएका थिए। दुवै देशबीच छलफल गरेर तारबारको समस्या समाधान गरिने उनको भनाइ थियो। तर अहिलेसम्म तारबार हटाउने बारेमा दुई देशबीच प्रभावकारी छलफल भएको छैन।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सीमाको तारबारसम्बन्धी समस्या समाधानका बारेमा दुवै देशबीच कुनै छलफल नभएको बताए। नेपाल पक्षलाई असर पर्ने गरी भारतीय पक्षले बनाएको ट्रेन्च र तारबार हटाउन स्थानीय प्रशासनका तर्फबाट भारतीय पक्षलाई आग्रह गरिएको भए पनि अहिलेसम्म तारबार हटाउन भारतीय पक्षले चासो नदिएको बताए।

सीमामै काँडेतारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडी आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीले विरोध जनाएका छन्। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एकमात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्व वन अधिकृत रमेश चन्दले बताए। ‘कञ्चनपुरको डोकेबजारमा भारतीयले लगाएको काँडेतार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत हो,’ उनले भने, ‘यसलाई तुरुन्तै नेपालको कुटनीतिक नियोगबाट पहल गरेर हटाउनुपर्छ।’

चन्दका अनुसार जैविक मार्गमा काँडेतार लगाइँदा भारत–नेपाल ओहर–दोहोर गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने खतरा बढी हुनेगर्छ। ‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनल पार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्ने र अनपेक्षित रूपमा मानवीय क्षति हुने निश्चित छ,’ उनले भने, ‘त्यो ठाउँमा कुनै पनि हालतमा तारबार गर्नै पाइँदैन।’ अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिँदा वन मन्त्रालयबाटै खुलाउन पहल गर्नुपर्ने उनको भनाइ छ।

भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको मोहना–लालझाडी मोहना जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको तारबार अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। ‘लालझाडी–दुधुवा जैविक मार्ग भएर आवतजावत गर्ने वन्यजन्तुको आवागमनलाई भारतले लगाएको काँडेतारले पूर्ण रूपमा रोक लगाएको छ,’ ऐरले भने, ‘सीमाक्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले लगाएको तारबारले जंगली जनावरको बाटो नै अवरुद्ध भएको छ।’ कैलालीको सीमा गौरीफन्टा नाका र कैलारी गाउँपालिकाको सीमाक्षेत्रमा भारतले ट्रेन्च खनेर त्यसमाथि काँडेतार लगाई वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटो अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै उनले भने ‘जैविक मार्गबाट वन्यजन्तु आउजाउमा नेपाल र भारत पक्षले कुनै अवरोध गर्न पाइँदैन।’

माघ पहिलो साता भारतले सीमाक्षेत्रमै डोजर चलाएर गहिरो ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए। विरोधपश्चात् सीमाक्षेत्रमा निर्माण गर्न थालिएको ट्रेन्च र तारबार गर्ने कार्य केही दिनलाई स्थगित गरिए पनि पुनः ट्रेन्च खनेर तारबार गरिएको थियो। तारबार गरिएको लामो समय बितिस्क्दा पनि नेपाल सरकारले कुटनीतिक पहल नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

तराई भूपरिधि कार्यक्रमले लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोरदोहोरमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, बाघ, चितुवा, मृग, चित्तल ओहोरदोहोर गर्छन् । सीमामा काँडेतारबार गरिएपछि वन्यजन्तुलाई सीमा वारपार गर्न समस्या भएको संरक्षणकर्मी बताउँछन्।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस