सय उपसचिवलाई काम नगरी तलब
२६ कार्तिक २०७६
•
७ मिनेट पाठ
सय उपसचिवलाई काम नगरी तलब
काठमाडौं – समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एकपटक पनि गइनन्। हाल उनी काठमाडाैंमा छिन्। काठमाडौंमै बसेर उपसचिवले पाउने सबै सेवासुविधा लिइरहेकी छन्।




उनले संघमा समायोजन हुन चाहे पनि समायोजनमा उनी डोल्पामा खटाइन्। समायोजन गरिएको ठाउँमा नजान उनले गत चैत १२ मा सर्वोच्चमा मुद्दा दायर गरिन्। सर्वोच्चले दंगाललाई समयोजनमा खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन ५ को निर्णय कार्यान्वयन नगर्न र समायोजनअघिकै कार्यालयमा यथावथ रूपमा हाजिरी गराउन सरकारको नाममा अन्तरिम आदेश जारी ग-यो। हाल दंगालले ठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा हाजिरी गर्ने गरेकी छन्। ‘समायोजनमा हामीलाई अन्याय गरियो। हामी संघको लागि कर्मचारी सेवामा आएका हाैं तर स्थानीयमा पठाइयो। त्यो पनि संघमा सरुवा नहुनेगरी समायोजन गरियो,’ दंगालले भनिन्, ‘त्यसैलै हामी न्याय माग्न अदालत गयौं।’ स्थानीय तहमा समायोजन गरिएका कर्मचारी एक/दुई वर्षपछि पुनः संघमा आउनसक्ने व्यवस्था राखेको भए आफू अदालत जाने अवस्था आउने थिएन भन्ने उनको भनाइ छ।

सर्वोच्चमा मुद्दा दायर गरेका उपसचिवलाई सरकारले जिम्मेवारी दिएको छैन तर सेवा सुविधा भने समायोजन हुनुअघिको कार्यालयबाट लिइरहेका छन्। शिक्षा समुहका २९ जना उपसचिवले यसरी नै काम नगरी तलबसुविधा लिइरहेका छन्। समायोजनमा स्थानीय तहमा खटाइएकी अर्की उपसचिव कुषा कँडेल पनि समायोजनमा खटाइएको ठाउँमा गइनन्। समायोजनमा उनी स्थानीय तहमा खटाइएकी थिइन्। समायोजन कार्यान्वयन नगर्न उनी पनि सर्वोच्च गइन्। सर्वोच्चले अन्तरिम आदेश गरेपछि हाल उनले संघमै बसेर सेवा सुविधा लिइरहेकी छिन्।

करिब सयजना उपसचिव यसरी कामै नगरी ९ महिनादेखि तलब सुविधा लिइरहेका छन्। समायोजनमा उनीहरू स्थानीय तहमा खटाइएका भए पनि सरकारले खटाएको ठाउँमा एकपटक पनि कार्यालय पुगेका छैनन्। हाल संघमा पनि उनीहरू भूमिकाविहीन छन्।

। समयोजनमा स्थानीय तहमा खटाइएका शिक्षा समूहकी अर्की उपसचिव गीता घिमिरे पनि समायोजनमा खटाएको ठाउँमा नगई समायोजन हुनुअघिकै कार्यालयमा हाजिर गरिरहेकी छन्। समायोजन हुुनुअघि उनी संघमा कार्यरत थिइन्। शिक्षा समूहका वैकुण्ठ सुवेदी, भरतबाबु सुवेदी दुर्गा कँडेललगायतका उपसचिव पनि समायोजन कार्यान्वयन नगर्न सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उनीहरू पनि समायोजनमा गरिएको कार्यालयमा गएका छैनन्।

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले सर्वोच्चको अन्तरिम आदेश मन्त्रालयले कार्यान्वयन गरेको बताउँदै सर्वोच्चमा मुद्दा दायर गरिएका उपसचिवहरू हाल जिम्मेवारीमा नभएकोे बताए। उनले भने, ‘काुननी राज्यमा सर्वोच्चको निर्णय मान्नुपर्छ। त्यसैले उहाँहरूलाई स्थानीय तहमा पठाइएको छैन।’ काम नै नगरी सेवासुविधा विषयमा भने उनले केही बोल्न चाहेनन्।

समायोजनमा खटाइएको ठाउँमा नजान सर्वोच्चमा मुद्दा दायर गर्ने उपसचिव लेखा र राजस्व समूहका पनि छन्। लेखा समूहका उपसचिव नवराज नेपाल समायोजनमा आफूलाई अन्याय गरेपछि बाध्य भएर सर्वोच्च गएको बताए। ‘सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। अन्तिम आदेश जारी नहुँदासम्म समायोजनमा खटाउने फागुन ५को निर्णय कार्यान्वनय नगर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘त्यसैले हामी सर्वोच्चको अन्तरिम आदेश अनुसार हाल समायोजन हुनुअघिको कार्यालयमा कार्यरत छन्।’

समयोजन फाराम भर्दा नेपालले संघ रोजका थिए। तर समायोजनमा उनी सुनसरीको स्थानीय तहमा खटाइए। स्थानीय तहमा समायोजन नहुन उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चमा मुद्दा दायर गर्ने लेखाका उपसचिव विनोद गेलाल पनि हुन। उनलाई पनि सर्वोच्चले समायोजनमा खटाइएको ठाउँमा तत्काल नजान अन्तरिम आदेश गरेको छ। राजस्व समहका १४ जना उपसचिवले पनि यसैगरी समायोनजमा खटाइएका ठाउँमा नजान सर्वोच्चमा मुद्दा दायर गरेका छन्। सर्वोच्चले उनीहरूको मागअनुसार अन्तरिम आदेश गरेको छ।

सामान्य मन्त्रालयले फागुन ५ गते देशभर कार्यारत उपसचिवलाई एकैपटक समायोजन गरेको थियो। जसमा स्वास्थ्य सेवाबाहेक ३ हजार ६ सय १९ उपसचिवलाई समायोजन गरिएको थियो। समायोजनपछि स्थानीय तहमा ८ सय २, प्रदेशमा १ हजार ६ सय २५ र संघमा ३ हजार २ सय ५४ उपसचिवको दरबन्दी संगठन तथा व्यवस्थापन(ओएनएम) सर्भेमा कायम गरिएको छ। समायोजनमा स्थानीय तहमा खटाइएका उपसचिवमध्ये करिब सयजना उपसचिवले भने समायोजनको निर्णयविरूद्द छुट्टाछुट्टै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले चैत १४ गते ती सबै मुद्दामा अन्तरिम आदेश जारी गर्दै अदालत पुगेका उपसचिवको हकमा समयोजनको निर्णय तत्काल कार्यान्वयन गर्न आदेश गरेको थियो।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस