नेकपामा विवाद
१९ कार्तिक २०७६
•
१० मिनेट पाठ
नेकपामा विवाद
फाइल तस्बिर:नागिरक
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।




नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन्। उनले प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टी सचिवालय बैठकमा असहमति (नोट अफ डिसेन्ट) लेखेका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीनको भागबन्डा गरेपछि रुष्ट नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। त्यसपछि अरु नेताले सहमतिमा नाम टुंगो लगाउन प्रस्ताव गरे पनि अध्यक्षबीचको भागबन्डाअनुसार नै बैठकले निर्णय गरेपछि नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

नेपालले निर्वाचन हारेकालाई प्रदेश प्रमुख बनाउँदा गलत नजिर बस्ने भन्दै विधि र प्रक्रियालाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए। ‘स्थानीय तहको निर्वाचन हारेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउँदा त्यसले गलत नजिर बस्छ। बरु पार्टीभित्रका र बाहिरकालाई समेत मिलाएर प्रदेश प्रमुख बनाउँदा त्यसले राम्रो सन्देश दिन्छ’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँको कुरा सुनुवाइ नभएपछि नोट अफ डिसेन्ट राख्नुभएको छ।’

कुरा नसुनिएपछि नेपालले लेखे नोट अफ डिसेन्ट,

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीन गरी प्रदेश प्रमुखको भागबन्डा गरेपछि माधव नपाल रुष्ट बनेका छन्।

नेता नेपालले विश्वकान्त मैनाली, अमृत बोहोरा, प्रदीप नेपाल, श्रीमाया थकाली, रघुजी पन्त र बेदुराम भुसालको नाम प्रस्ताव गरेको स्रोतको दाबी छ। उनको प्रस्तावमा ओली र दाहालले छलफल गर्नै नचाहेको एक नेताले जानकारी दिए।

बैठकमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डडेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाईं र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउन दुई अध्यक्षका तर्फबाट नाम प्रस्ताव भएको थियो। तिनै नामलाई बैठकले अनुमोदन गरेको छ। यस्तो निर्णय असन्तुलित भएको धारणा नेता नेपालले राखेका थिए।

नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए। नेता रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका हुन। ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ’, उनले भनेका छन्। नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै पार्टी निर्णयको ओलोचना गरेका छन्।

प्रदेश प्रमुखमा सिफारिस भएका प्रसाईं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयरमा पराजित भएका थिए। नेता रिजालले उनलाई संकेत गर्दै प्रश्न गरेका छन्, ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ तर कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख सिफारिस गर्न आइतबारै दुईपटक नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा सहमति जुट्न नसकेपछि प्रदेश प्रमुख नियुक्त गर्न साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको थियो भने दुई अध्यक्षले अन्य नेताहरुसँग पनि समन्वय गरेर सोमबार बिहान पुनः सचिवालय बैठक बसेर नाम टुंगो लगाउने समझदारी बनेको थियो।

यस्ता छन् नयाँ प्रदेश प्रमुख

सोमनाथ प्यासी अधिकारी नेकपाभित्र लोकप्रिय नेताका रुपमा परिचित छन्। तत्कालीन नेकपा (माले) को तर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवारका रुपमा प्यासी विजयी भएका थिए। २०४८ सालमा तत्कालीन एमालेबाट सांसद बनेका उनी पटकपटक केन्द्रीय सदस्य, तत्कालीन एमालेको निर्वाचन आयोगको संयोजक र पार्टी एकीकरण भएपछि नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन्। २०७४ को चुनावमा उनी पूर्वएमालेको समानुपातिक सूचीमा थिए। उनलाई कास्की क्षेत्र नं. २ मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको रुपमा पनि सिफारिस गरिएको थियो। हाल उनी प्रधानमन्त्री ओलीनिकट छन्।

तत्कालीन राष्ट्रिय जनमोर्चाको अध्यक्ष रहेका अमिक शेरचन राजाको शासनकालमा सात दलको आन्दोलनमा सक्रिय सहभागी भएका थिए। सात दलमध्ये शेरचनले नेतृत्व गरेको जनमोर्चा पनि एक दल थियो। तत्कालीन नेकपा माओवादी १० वर्षे सशस्त्र युद्ध छोडेर शान्तिप्रक्रियामा आएर पार्टी एकता भएपछि उनी त्यो पार्टीभित्र वरिष्ठ नेताका रुपमा थिए। उनी तत्कालीन माओवादीबाट उपप्रधानमन्त्रीसम्म भइसकेका छन्। हाल उनी पार्टीभित्र निष्क्रियजस्तै छन्।

डडेल्धुराका गोविन्द कलौनी सरकारी शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा आएका हुन्। उनी २०५१ सालमा डडेल्धुरामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग चुनाव लडेका थिए। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी कञ्चनपुरबाट चुनाव लडेका थिए। पटकपटक चुनाव हारेपछि उनी पार्टीमा निष्क्रियजस्तै थिए।

बाँकेका तिलक परियार गृहमन्त्री रामबहादुर थापा निकट दलित नेता हुन्। उनी नेकपाको केन्द्रीय सदस्य एवं दलित मुक्ति मोर्चाका संयोजक हुन्। पहिलो संविधानसभामा उनी तत्कालीन माओवादीबाट बाँके १ बाट सभासद भएका थिए। जन्मघर रोल्पा भए पनि उनको स्थायी बसोबास बाँकेमा छ।

झापाका पुराना कम्युनिस्ट नेता विष्णु प्रसाईं यसअघि २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएका थिए। २०७४ सालको स्थानीय चुनावमा उनी मेची नगरनगरपालिकाको मेयरमा पराजित भएका थिए। उनी झापा संघर्षदेखि नै ओलीनिकट छन्।

शिक्षण पेसामा छँदादेखि नै राजनीतिमा सक्रिय धर्मनाथ यादव सिरहाका पुराना कम्युनिस्ट नेता हुन्। पूर्वएमालेको केन्द्रीय सदस्य रहेका उनी ओलीनिकट मानिन्छन्। शिक्षक संगठनबाट राजनीतिमा आएका यादव केन्द्रीय सदस्यबाहेक लाभको पदमा नभएपछि उनलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।

द्वन्द्वकालमा ज्ञानेन्द्र त्रिपाठीलाई सरकारले पक्राउ गरी बेपत्ता पारेपछि उनकी पत्नी शर्मिला त्रिपाठी एकल महिलाको रुपमा जीवन यापन गर्दै आएकी थिइन्। काठमाडौं स्थायी घर भएकी त्रिपाठी पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएकी हुन्। द्वन्द्वकालमा उनका पति भैरवनाथ गणबाट बेपत्ता पारिएका थिए।
अर्को समाचार
नेकपामा पैदा भएको घर्षण सकारात्मक शक्तिमा बदलिन्छः मन्त्री पुन
१३ मंसिर २०७७
•
४ मिनेट पाठ
नेकपामा पैदा भएको घर्षण सकारात्मक शक्तिमा बदलिन्छः मन्त्री पुन
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन्।  




मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रुपमा लिन नहुने उल्लेख गरे। नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे। उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे।

‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ। घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ’ काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत गृहको शनिबार निरीक्षण भ्रमणका क्रममा जिल्लास्थित नेकपा नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले भने,'घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ।’ उनले नेताहरुबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बसहमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे। सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट गरे। मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे। यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नेपर्ने उनको भनाइ थियो।  

काम नगर्ने ठेकेदार, गाली खाने नेता?

फरक प्रसंगमा मन्त्री पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको उल्लेख गरे। उनले आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गरे। राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नुका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने भन्दै मन्त्री पुनले विकास निर्माणको काम गर्ने कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गरे। ‘प्रधानमन्त्री र मन्त्रीको काम नीति बनाउने, कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गरिदिने हो। विकास निर्माणको काम ब्युरोक्रेसीमार्फत निर्माण व्यवसायीले गर्ने हो’, उनले भने,‘राजनीतिक नेतृत्वले गर्नुपर्ने काम गरेको छ। ठेकेदारले काम गर्दैन, अनि सडकमा धुलो उड्यो भने गाली चाहिं प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो। शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी सहभागी थिए।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ। एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ। 

जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ। ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो। सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ। निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ। प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ।  

बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे। उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए। यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रिय रुपमै राम्रो सन्देश जाने बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस