नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अर्का केन्द्रीय सदस्य मोहन बस्नेतको प्रस्तुतिका प्रति प्रश्न उठाएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा बुधबार बस्नेतले पार्टी महामन्त्री गगन थापालाई निशाना बनाउँदै कोही सग्लो नरहेको बताएका थिए।
बस्नेतको उक्त अभिव्यक्तिलाई लिएर शिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई 'हामीले टुलुटुलु सहेर बस्ने हो ?' भनेर प्रश्न गरेका छन्। बिहीबार (आज) आफ्नो धारणा राख्ने क्रममा शिवाकोटीले भने, 'तपाईंकै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ, के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला-पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ ?'
बस्नेतले 'ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होश गर्नु' भनेर चेतावनीसमेत दिएको उनले बताए। 'महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दासमेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौँ?,' शिवाकोटीलेसोधे।
उनले महामन्त्री थापामाथि गरिएझैँ सभापतिमाथि पनि गाली गरिए के हुन्छ भनेर पनि प्रश्न गरेका छन्। 'भोलि फेरि कोही उठेर सभापतिज्यूविरुद्ध बुधबारको वैठकमा जस्तै विषवमन गरे के हुन्छ ? यसैगरी पार्टी अर्डरमा रहन्छ ? मियो बिनाको दाइँ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?,' उनले भने। उनले बीपी कोइरालासहितका नेताहरूले सुरु गरेको पार्टीको संस्कार यही हो भनेर पनि प्रश्न गरेका छन्।
यस्तै उनले बस्नेतको भनाइ रेकर्डबाट हटाउन मागसमेत गरेका छन्। 'मर्यादाहीन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौँ। त्यसैले मेरो आग्रह छ- यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस्,' उनले भने।
फरक प्रसङ्गमा उनले पार्टीले जनताको भरोसा जित्न नसकेको बताएका छन्। अवसर पाउँदा मैमत्ता हात्तीजस्तो भएर जनताको विश्वास जित्न नसकिने बताए। 'अवसर र जिम्मेवारी पाउँदा आम नागरिकको भरोसा जित्नुपर्ने ठाउँमा वेलगाम भएर मैमत्ता हात्ती जस्तो भएर हिँडेपछि आम मानिस हाम्रो आरती गरेर बस्दैनन्। संघ र प्रदेशको बजेटपछि देशभर आफ्नै पार्टीका नेता-कार्यकर्ताहरूको प्रतिक्रिया र टिप्पणी त नेतृत्वगणले देख्नु सुन्नुभएकै होला,' उनले भनेका छन्।