नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अनुशासनहीन कुरा गरेको टिप्पणी गरेका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 'रामकुमारी झाँक्रीजीले अनुशासनहीन कुरा गर्नुभयो। उहाँको प्रस्तुति ठीक भएन। उहाँ तल्लै तहमा ओर्लिएर बोल्नुभयो। उहाँले बोलेको जस्तो भाषा त वडा तहको नेताले पनि बोल्दैन होला,' उनले भने।
यसैगरी बोल्दै जाने हो भने झाँक्री पार्टीमा नरहने पनि पाण्डेले बताए। 'मलाई के लाग्छ भने यसैगरी उहाँ बोल्दै जानुभयो भने पार्टीमा रहनुहुन्न पनि होला,' उनले भने।
उनले झाँक्रीले अन्य पार्टीमा जानका लागि ठाउँ खोजिरहेको लख काटे। 'उहाँले कुनै अरु ठाउँ खोजिरहनुभएको होला। तर, ठाउँचाहिँ देखिँदैन। उहाँले कति बोल्नुभयो कुन्नि, ८/१० मिनेट अध्यक्षको बारेमा बोल्नुभयो तर, उहाँले बोल्नका लागि पार्टीभित्र ठाउँहरू थिए,' उनले भने।
झाँक्रीले यसअघि बुटवल पुगेर पार्टी अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेका थिए। पतञ्जलि जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दायर गरेको मुद्दाको विषय उप्काउँदै झाँक्रीले अध्यक्ष नेपाललाई 'सिनो' भन्दै आलोचना गरेकी थिइन्। यसपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ।