प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्नु दुखद् भएको बताएका छन्। नागरिकसँग कुराकानी गर्दै नेता निधिले भने, ‘अहिलेसम्म यसमा न कांग्रेसले अग्रसरता लियो, न एमालेले नै लियो। यसमा दुईवटै पार्टीको दोष छ र यो दुखद् हो।‘
कांग्रेस-एमाले गठबन्धनको एक वर्ष पुगेको तर, सहमतिको मुख्य बुँदा संविधान संशोधनबारे भने प्रारम्भिक कामसमेत अगाडि नबढेको भन्दै नेता निधिले भने, ‘सात बुँदामा मुख्य बुँदाका रूपमा राखिएको त्यो विषयबारे अहिलेसम्म केही नहुनु दुखद् नै हो। तर, यसबारे काम हुनुपर्छ। हामी सधैँ यसको पक्षमा छौँ।‘
तत्कालिक, अल्पकालिक र दीर्घकालिक रूपमा संशोधन गर्नुपर्ने विषयहरू के-के हुन् भन्नेबारे सुरुमा छिनोफानो हुनुपर्ने उनको भनाइ छ। त्यसका लागि संसद्मा रहेका दल तथा कतिपय बाहिरै रहेका दलका बीचमा पनि सहमति हुनुपर्ने भनाइ नेता निधिको छ।
‘संसद्मा भएका सबै दलहरूका बीचमा यसमा सहमति जुट्नुपर्यो अनि अगाडि बढ्नुपर्यो। प्रधानमन्त्रीले किन संशोधनका लागि ०८७ भन्नुभयो, त्यो थाहा छैन। उहाँ आफैँले पनि व्याख्या गर्नुभएको छैन। तर, कांग्रेसले संविधान जारी भएको दिनदेखि नै आवश्यक संशोधन हुनुपर्छ भनेर बोल्दै आएको छ, मैले पार्टीभित्र र बाहिर पनि यही भन्दै आएको छु,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडि अब संविधान संशोधन २०८७ सालमा मात्रै सम्भव हुने बताएका छन्। तर, कांग्रेस नेताहरूले भने त्यसको विरोध गर्दै सहमतिअनुरूप अगाडि बढ्ने बताइरहेका छन्।
यसबीचमा कथम् काम अगाडि बढेन भने कांग्रेसको नेतृत्वमा सरकार गएपछि काम अगाडि बढ्ने उनले बताए। सातबुँदे समझदारीअनुसार अब ६ महिना अर्थात् आउँदो पुसमा ओलीले देउवालाई प्रधानमन्त्री पद सुम्पँदै छन्।