रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्
१० असार २०८२
•
४ मिनेट पाठ
रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्
प्रतिनिधिसभा भिजिट भिसा प्रकरणको गतिरोधबाट अझै मुक्त भइसकेको छैन। झन्डै एक महिना अगाडि प्रतिनिधिसभा प्रवेश गरेको यो प्रकरण अझै व्यवधानकै रूपमा छ। र, यो प्रकरणको मुख्य वाहक चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो। रास्वपालाई पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले होस्टेमा हैँसे गरिरहेको छ। सुरुमा तेस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि यही पङ्क्तिमा थियो तर, गत जेठ ३० गते सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमति गरेपछि माओवादी केन्द्र गजधुम्म छ। तर, रास्वपा र राप्रपाले भने लय छाडेका छैनन्।




त्यसो त सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ मन्त्रालयका सहसचिवहरूलाई राखेर गत असार ९ गते सात सदस्यीय छानबिन समिति बनाइसकेको छ। तर, रास्वपा र राप्रपाले त्यो समिति अस्वीकार गरेका छन्। समिति बनेपछि मङ्गलबार (आज) बसेको पहिलो प्रतिनिधिसभा बैठक पनि उनीहरूले बहिष्कार गरेका छन्। समिति बनेको आधिकारिक सूचना लिएर आएका गृहमन्त्री रमेश लेखकलाई बोल्न त उनीहरूले दिए तर, लगत्तै बैठक बहिष्कार गरेर हिँडे।

रास्वपा सांसद डा. स्वर्णिम वाग्ले र राप्रपा सांसद ज्ञानेन्द्र शाही।
मुख्यत: रास्वपाले संसदीय वा न्यायिक समितिको कुरा उठाएको थियो। उसको माग उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग थियो। तर, सरकारले बनाइदियो- ब्यूरोक्रेटिक समिति। यसपछि रास्वपा थप चिढिएको छ। उसो त रास्वपा पूर्वउपप्रधान, गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि बनेकै जस्तो उच्चस्तरीय संसदीय छानबिन समिति बनोस् भन्ने चाहन्छ। यो विषय उसले संसद्‌मै बताइसकेको छ। आजको प्रतिनिधिसभा बैठकमा पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भने, ‘हामीले के भनेका छौँ भने संसदीय छानबिन समिति, त्यसले नीतिगत, प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस् सहकारीकै मोडलमा। वा, जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भन्ने कारण यही हो।’ तर, ब्यूरोक्रेटिक समिति नमान्ने उनले दोहोर्‍याए।

सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधान, गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनेको थियो। २०८१ जेठ १५ गते नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिको प्रतिवेदनकै कारण लामिछाने अहिले पनि थुनामा छन्। ६ महिना लगाएर असोज ६ गते समितिले बुझाएको प्रतिवेदनमा लामिछानेलाई कारबाहीका लागि सिफारिस गरिएको छ।

रवि लामिछानेमाथि कारबाहीका लागि समितिले गरेको सिफारिस।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिले दिएको प्रतिवेदनमा छ।

लामिछाने यही प्रतिवेदनका कारण कात्तिक २ गते पहिलो पटक पक्राउ परे। उनलाई काठमाडौंसहित कास्की, रूपन्देही, चितवन र पर्सा पुर्‍याइयो, अनुसन्धान सकाइयो। सम्बन्धित जिल्लाका अदालतहरूले लामिछानेलाई ‘निर्दोष भन्न मिल्दैन’ भन्ने फैसला सुनाए। यसबीचमा उनी ८४ दिन थुनामा बसे। त्यसपछि रूपन्देही जिल्ला अदालतले भराएको एक करोड धरौटीविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका उनलाई चैत २२ गते पुन: थुनामा पठाउने आदेश भयो। अहिले उनी जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा छन्।

रवि लामिछाने।
वास्तवमा रास्वपा अहिलेका गृहमन्त्री रमेश लेखकमाथि पनि यस्तै उच्चस्तरीय छानबिन समिति बनोस् भन्ने चाहन्छ। भिजिट भिस प्रकरणमा लेखकको संलग्नता रहेको पुष्टि भइसकेको रास्वपाले दोहोर्‍याइरहेको आएको छ। आजको प्रतिनिधिसभा बैठकमा पनि उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पुन: यही भने। व्यक्तिगत रूपमा गृहमन्त्री लेखका प्रति सम्मान रहेको उल्लेख गर्दै वाग्लेले भने, ‘यहाँ गृहमन्त्री स्वयम् सन्देहको घेरामा हुनुहुन्छ। हाम्रो पार्टीले के निष्कर्ष निकालेको छ भने गृहमन्त्री; उहाँ व्यक्तिगत रूपमा मेरो आग्रह छैन, मलाई मन पर्ने व्यक्ति हुनुहुन्छ। उहाँ यसमा दोषी नहुनुहोस् भन्ने भित्रैदेखि कामना छ। तर, परोक्ष सम्बन्ध उहाँको देखिसकिएको छ, प्रत्यक्ष संरक्षण देखिसकिएको छ। त्यसैले अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो- मेरै प्रस्तावमा यो समिति बनेको भनेर, अब के आरोपितले नै आफ्नै अनुसन्धान अधिकृत छान्दै जाने हो ? यस्तो सिस्टममा गयौँ हामी ? त्यसैले यो गलत छ।’

रास्वपाले यसअघि गृहमन्त्री लेखकको राजीनामा नै मागेको थियो तर, पछि उसले राजीनामा नआए पनि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन भने अनिवार्य सर्त भन्यो। त्यसअनुरूप सरकारले गरेको छैन। यसर्थ, उसले उसले अहिले पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी र बहिष्करणमार्फत असहमति जनाइरहेको छ। प्रवक्ता मनीष झाले आफूहरूको आन्दोलन जारी नै रहेको बताएका छन्। ‘छानबिन समितिलाई दिइएका कार्यादेशमा भिजिट भिसाको दुरुपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि कुनै बुँदा राखिएको छैन। तसर्थ, यो समिति माओवादी केन्द्रको मुख लुकाउन र सत्तापक्षको मान्छेलाई चोख्याउन रचिएको परिपञ्च मात्र हो,’ प्रवक्ता झाले भनेका छन्। आफूहरूको मागअनुसारको समिति नबनेसम्म आन्दोलन जारी रहने रास्वपा सांसदहरूले बताउँदै आएका छन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस