छानबिन समितिमा रास्वपा र राप्रपाको चित्त बुझेन, बैरागी नेताहरूको 'निगाह प्राप्त' व्यक्ति रहेको आरोप
१० असार २०८२
•
३ मिनेट पाठ
छानबिन समितिमा रास्वपा र राप्रपाको चित्त बुझेन, बैरागी नेताहरूको 'निगाह प्राप्त' व्यक्ति रहेको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समिति अस्वीकार गरेका छन्। पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ मन्त्रालयका सहसचिव राखेर बनाइएको समितिले काम गर्न नसक्ने रास्वपा र राप्रपाको जिकिर छ।




उनीहरूले स्वयम् बैरागीमाथि छानबिन हुनुपर्ने भन्दै उनी नेतृत्वको समितिले छानबिन गर्ने नैतिक हैसियत नराख्ने बताएका छन्। मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बैरागी नेतृत्वको समिति नमान्ने अडान राखे। यसबित्तिकै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेर हिँडे।

वाग्लेले बैरागी अहिलेका नेताहरूको 'निगाह प्राप्त' व्यक्ति रहेकाले उनीबाट छानबिन हुन नसक्ने बताए। भिजिट भिसा प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँ लुटको कुरा छ, सङ्गठित अपराधको कुरा छ, मानव तस्करीको कुरा छ। विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नुभयो, ३ वर्ष मुख्यसचिव बन्नुभयो। र, मुख्यसचिवबाट रहस्यमय ढङ्गले उहाँको बहिर्गमन हुन्छ, राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ, त्यसपछि उहाँ एक/दुई दिनमा निवृत्त हुन लाग्नुभएका अर्का मुख्यसचिव आउनुहुन्छ र त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन्।’

उनले थप भने, ‘त्यसैले शंकरदार बैरागी अहिलेका निगाहा प्राप्त  नेताहरूको गुट-बूक्समा रहनुपर्ने, स्वार्थका द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ, उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ, यस्ता व्यक्तिले कस्तो छानबिन गर्ने ? संसदीय छानबिन समिति, त्यसले नीतिगत प्रणालीमा गहिरो काम गर्न सकोस्,सहकारीको मोडलमा वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भनेको कारण यही हो, यसरी आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस् भनेर।’

यस्तै शाहीले पनि बैरागी नेताहरूको निगाह प्राप्त व्यक्ति नै रहेको आरोपित गरे। अहिलेको समितिलाई ‘दूधको साक्षी बिरालो’ भएको उनले बताए। ‘अहिले आएर के भयो? दूधको साक्षी बिरालो, अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारीलाई राखेर जुन छानबिन समिति बनाए, यसले चाहिँ विधिको शासन स्थापना गर्छ भन्ने लाग्दैन। पहेँलो हो भन्दैमा पित्तल सुन हुन सक्छ ? यो कर्मचारीको उच्चस्तरीय छानबिन समिति हो भनेर भन्दैगर्दा के यो छानबिन समिति हुन सक्छ ? यो त निगाहा प्राप्त गरेको एकैछिनका लागि अझ यो अपराधलाई कसरी ढाकछोप गर्ने, यो भिजिट भिसा प्रकरणमा संलग्न भएका यी १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको नयाँ प्रोपोगान्डा हो। यो प्रोपोगान्डाका विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी सडक र सदनमा उभिन्छ।’

रास्वपा र राप्रपाले उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोगको माग गर्दै संसद्‌मा नाराबाजी र बहिष्कार गर्दै आएका छन्। तर, सरकारले ब्यूरेक्रेटिक समिति बनाएपछि उनीहरूले विरोध गरेका हुन्। असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको हो, यसको आधिकारिक जानकारी गृहमन्त्री रमेश लेखकले आजको प्रतिनिधिसभा बैठकमा गराएका छन्। आधिकारिक जानकारी पाउनेबित्तिकै रास्वपा र राप्रपाले विरोध गरेका हुन्।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणका कारण संसद् विगत जेठ १४ गतेयता ‘अशान्त’ छ। त्यसयता बसेका बैठकहरूमा नाराबाजी र बहिष्कार छुटेका छैनन्। सुरुमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि रास्वपा र राप्रपासँगै उभिएको थियो। तर, गत जेठ ३० गते सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमति गरेपछि उसले आफ्नो तर्फबाट प्रतिनिधिसभा बैठक खुलायो। अहिले बनेको समितिमा पनि उसले सहमति जनाएको छ। यसको आलोचना भइरहेको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस