२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन हिरासत बसेका छन्।
त्यस बीचमा उनले ३५ वटाभन्दा बढी कविता लेखेका छन्। '५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्यै कुनै-कुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु,' उनले आज फेसबूकमा लेखेका छन्।
उनले अब आफू पहिलेजस्तै सबैको सम्पर्कमा रहने पनि बताएका छन्। राजनीतिक नेतृत्वले आफूविरुद्ध प्रतिशोध साँधे पनि न्यायालयले आफूलाई न्याय दिएको उनले लेखेका छन्।
'राजनीतिक नेतृत्वले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौंले मलाई न्याय दिएको छ, यद्यपि लामो कानूनी प्रकृया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म न्यायलयप्रति आभारी छु। निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु,' उनले लेखेका छन्।