बजेट अधिवेशन छाडेर महासचिव र सचिव श्रीलंका भ्रमणमा
०२ असार २०८२
•
४ मिनेट पाठ
बजेट अधिवेशन छाडेर महासचिव र सचिव श्रीलंका भ्रमणमा
संसद्‌मा बजेटमाथि छलफल भइरहेका बेला संसद् सचिवालयका महासचिव र सचिव विदेश भ्रमणमा निस्किएका छन्।




नेपालमा पार्लियामेन्टरी बजेट अफिस (पिविओ) स्थापना गर्ने र यसले सरकारको बजेट, आर्थिक नीति, राजस्व र खर्च सम्बन्धी विश्लेषण गरेर संसद् सदस्यहरूलाई सूचनागत रूपमा सशक्त बनाउनका लागि भन्दै अधिवेशनको बेलामा उनीहरू श्रीलङ्का तर्फ गएका छन्। महासचिव पद्‌मा प्रसाद पाण्डे, सचिव डा. रोजनाथ पाण्डेय सहित अन्य कर्मचारी पाँच जना छन्।

जसमा कानुन तर्फका सहसचिव लक्ष्मीप्रसाद गौतम, संसद् सचिवालयमा कार्यरत लेखा शाखाका प्रमुख लेखा नियन्त्रक भोजराज शर्मा पौडेल, अर्थ समिति सचिवको रूपमा कार्यरत उपसचिव रेखा उपाध्याय खनाल रहेका छन्।

महासचिव पाण्डेयले लेखा शाखाका प्रमुख लेखा नियन्त्रक भोजराज शर्मा पौडेललाई पिविओ (अस्थायी संरचना) का सदस्यमा मनोनयन गरेका थिए भने, पिविओ सदस्यमा अर्थ समिति सचिव उपाध्यायलाई मनोनयन गरेर विदेश भ्रमणमा लगेका हुन्।

यसअघि नै महासचिव पाण्डेयले संसदीय अभ्यास पार्लियामेन्टरी बजिटरी अफिस (पिविओ) र सो सँग सम्बन्धित कानुनी तथा संरचनागत व्यवस्थाको बारेमा अध्ययनको लागि सहयोग गर्न श्रीलङ्कालाई अनुरोध गरेका थिए।

महासचिवको अनुरोध पछि श्रीलङ्काको संसद्का महासचिव कुशानी रोहनादीराले यहाँ संसद्का महासचिव पाण्डेयलाई निमन्त्रण दिए पछि महासचिवले भ्रमणमा जाने प्रतिनिधिमण्डलको छनोट गरेका थिए।

यही असार २ सोमबारदेखि ७ गतेसम्म त्यहाँको भ्रमण तय गरेर संसदीय अभ्यास र वित्तीय निरीक्षण संयन्त्र सम्बन्धी अध्ययन/अवलोकन एवं जानकारी हासिल गर्ने संसद् सचिवालयले जनाएको छ।

नेपालले पार्लियामेन्ट्री बजिटरी अफिस स्थापना गर्ने गृहकार्य गरिरहेको वर्तमान अवस्थामा मित्रराष्ट्र श्रीलङ्काले यस सम्बन्धमा हासिल गरेका अनुभव र सिकाइको उपयोग कसरी गर्न सकिन्छ त्यसबारे अध्ययन नै नगरी महासचिवले हतारमा विदेश भ्रमण गर्न खोजेको आरोप छ।

नेपाल र श्रीलङ्काबिच हुने यस प्रकारको भ्रमणले सहकार्य एवं ज्ञानको आदान प्रदान, दुवै देशबिच, संसद् संसद्बिच, सचिवालय सचिवालयबिच, नागरिक नागरिकबिचको सम्बन्ध बलियो बनाउँछ भन्ने उनीहरूको दाबी रहेको सचिवालयका अधिकारीहरू बताउँछन्।

श्रीलङ्का जाने प्रतिनिधिमण्डलको हवाई टिकट, खाना बास र स्थानीय यातायातको खर्च श्रीलङ्का सरकारले नबेहोर्ने बताउँदा बताउँदै पनि संसद् सचिवालयमा उपलब्ध जनताको करको पैसामा उनीहरू विदेश भ्रमणमा निस्किएकाले यस प्रति पनि गम्भीर प्रश्न उठेको छ।

संसद्‌मा बजेट माथिको छलफल चलिरहँदा त्यसलाई छाडेर संसद् सचिवालयका महासचिव र सचिव सहितको टोली विदेश भ्रमणमा निस्किनु उचित नहुने र त्यसले संसद्‌मा विदेश प्रतिको मोह राख्नेहरुमात्रै छन् भन्ने सन्देश दिएकाले आगामी दिनमा यस्ता कार्य रोक्नु पर्ने संसद् सचिवालयका अधिकारीको भनाइ छ।

बजेट छलफलको समयमा संसद् सचिवालयको प्रमुख अधिकारीहरू अनुपस्थित हुने भएकाले, संसदीय कार्यविधि, कानुनी सल्लाह, र प्रशासनिक समन्वयमा असर पर्न सक्छ। यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ।

संसद्का महत्त्वपूर्ण निर्णयहरूमा महासचिवको उपस्थिति आवश्यक हुनुपर्दछ। बढुवा भएको एक हप्ता पनि नपुगेका सचिवालय सचिव सुरजकुमार दुरालाई कार्यवाहक महासचिवको जिम्मा दिएर महासचिव पाण्डेय विदेशमा निस्किएका छन्।

संसदीय व्यवस्थामा संसद् चलिहरेका बेला महासचिव नै विदेश भ्रमणमा निस्किनु र सभामुखले पनि रोक्न नखोज्नुले संसद् जिम्मेवारी पूर्वक काम गर्न खोजिरहेको छैन भन्ने सन्देश दिएको पनि उनीहरूको भनाइ छ।

संसद् सचिवालयका अधिकारी भन्छन्, ‘यो तत्काल आवश्यक छ कि छैन भन्ने विचार गर्नुपर्छ। भ्रमण अनिवार्य थिएन वा यसलाई अर्को समयमा सार्न सकिन्थ्यो र यस्तो महासचिव सहितको विदेश भ्रमण संसद् अधिवेशन नभएको समयमा मात्र गर्नुपर्ने हुन्छ।’

महासचिव पाण्डेय र सचिव पाण्डे संसदीय अभ्यासमा थोरै जानकार मात्र हुन्। उनीहरू संसद्मा धेरै लामो समयसम्म काम गरेको अनुभव छैन। संसद् भन्दा बढी उनीहरुले बाहिर काम गरेको अनुभव छ।

श्रीलङ्काको संसदीय बजेट कार्यालय (पिविओ) को अनुभव अध्ययन गर्ने यो भ्रमण नेपालले पिविओ स्थापना गर्ने प्रक्रियामा उपयोगी हुन सक्छ। तर भ्रमण गर्ने समय ठिक भएन भन्ने सचिवालयका अधिकारीको भनाइ छ।

पार्लियामेन्टरी बजेट अफिस (पिविओ) भनेको संसद् (विधायिका) को स्वतन्त्र, गैर–पक्षपातपूर्ण र विश्लेषणात्मक सहयोग प्रदान गर्ने एक विशेषज्ञ संस्था हो।

यसले सरकारको बजेट, आर्थिक नीति, राजस्व र खर्च सम्बन्धी विश्लेषण गरेर संसद् सदस्यहरूलाई सूचनागत रूपमा सशक्त बनाउँछ। क्यानडाबाट सुरु हुँदै अमेरिका, बेलायत, आइरल्याण्ड, फ्रान्स, इटली, श्रीलङ्का लगायतका देशमा पिविओको सुरुवात भएको मानिन्छ।
अर्को समाचार
विज्ञको सुझाव लत्याउँदै संघमा दरबन्दी थप्ने होड
०२ असार २०८२
•
२ मिनेट पाठ
विज्ञको सुझाव लत्याउँदै संघमा दरबन्दी थप्ने होड
विभिन्न आयोग र विज्ञहरूले पटक-पटक संघमा कर्मचारी दरबन्दी घटाउन सुझाव दिए पनि अधिकांश सरकारी निकायले त्यसको ठीक विपरीत दरबन्दी थपिरहेको पाइएको छ।




केही निकायले भने दरबन्दी घटाएका पनि छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तथा संगठन विकास शाखाका प्रमुख रूपनारायण खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कृषि विकास मन्त्रालयले एक सय २९ वटा पुल दरबन्दी थपेको छ।

साबिकमा मन्त्रालयको दरबन्दी एक सय ६१ कायम गरिएको थियो। अब दुई सय ९० कायम भएको छ। यसैगरी आव २०८१/८२ मा विभिन्न कारागार कार्यालय, अध्यागनम सीमा प्रशासन कार्यालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, महालेखापरीक्षकको कार्यालय, हुलाक सेवा विभाग, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिँचाइ विभाग, अर्थ मन्त्राललयलगायत १४ वटा सरकारी निकायको दरबन्दी थपघट गरिएको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६ (क) मा कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्न संगठन संरचना तयार गर्दा र नयाँ दरबन्दी सिर्जना गर्दा वा तत्काल कायम रहेको संगठन संरचना र दरबन्दीमा पुनरवलोकन वा हेरफेर गर्दा मन्त्रालयको कार्यक्रम, कार्यबोझ, कार्य प्रकृति तथा दरबन्दी थप गर्नुपर्ने कारण र सोको औचित्य र उपलब्ध मानव स्रोतसमेतका आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी नेपाल सरकार मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि पेस गर्नुपर्ने व्यवस्था छ।

तर आवश्यकताभन्दा पनि केन्द्रमा कर्मचारीहरू थोपर्न दरबन्दी बढाउने गरेको विज्ञहरू बताउँछन्। संघीय मन्त्रालयले २०७५ सालमा कर्मचारी समायोजन गर्दा संघमा ४८ हजार चार सय नौ, प्रदेशमा २२ हजार दुई सय ९७ र स्थानीय तहमा ६६ हजार नौ सय आठसमेत गरी एक लाख ३७ हजार ६ सय १४ दरबन्दी स्वीकृत गरेको थियो।

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार २०७५ सालमा कायम भएको दरबन्दीमा आव २०८०/८१ सम्म आइपुग्दा संघतर्फ तीन हजार एक सय ५१ वटा थप गरिएको छ।

विभिन्न मन्त्रालयले निजामती सेवा ऐनअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षणसमेत नगरी २०८०/८१ मा विभिन्न निकायमा १० हजार एक सय ७१ अस्थायी दरबन्दी स्वीकृत गरिएको महालेखाको रिपोर्टमा उल्लेख छ।

संघीय मामिला मन्त्रालयका अनुसार पछिल्लो समयमा प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको दरबन्दी खासै बढेको छैन तर संघमा भने बढेको छ। सकेसम्म काठमाडौंमा त्यसमा पनि संघअन्तर्गतका कार्यालयमा बस्ने चाहनाले हरेक वर्ष संघमा कर्मचारी दरबन्दी बढ्दै गएको मन्त्रालयका एक कर्मचारीले बताए।

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केन्द्रमा भने धमाधम दरबन्दी थप गरिएको छ। कर्मचारी समायोजनपछि २०७५ यता केन्द्रका लागि करिब तीन हजार दरबन्दी थप गरिएको हो।

केन्द्रमा दरबन्दी थप गर्न मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ। मन्त्रिपरिषद्बाट निर्णय गराउनुअघि अर्थबाट स्वीकृति लिनुपर्छ। अर्थबाट स्वीकृति लिइसकेपछि सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने कानुनी व्यवस्था छ। यसरी पटकपटक विभिन्न मितिमा मन्त्रिपरिषद्बाट निर्णय गराएर केन्द्रमा कर्मचारीहरू दरबन्दी थप गरिएको पाइएको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस