शाहीको प्रहार: ‘कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै’
०१ असार २०८२
•
२ मिनेट पाठ
शाहीको प्रहार: ‘कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै व्यङ्ग्यात्मक कविता सार्वजनिक गरेका छन्। उनले कविता मार्फत् दाहालको विश्वसनीयतामाथि टिप्पणी गरेका हुन्।




सामाजिक सञ्जालमार्फत मार्फत् सार्वजनिक कवितामा शाहीले दाहालको विश्वास गर्नु र कुकुरको पुच्छर सोझ्याउन खोज्नु उस्तै ‘असम्भव’ कार्य भएको बताए।

प्रमुख सचेतक शाहीले उक्त कविता शुक्रबार संसदको अवरोध खुलाउने सम्बन्धमा सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिप्रति लक्षित गर्दै लेखेका हुन्।

आफ्नो कवितामा शाहीले दाहाललाई सत्ता र कुर्सीको मोहमा निरन्तर रङ र बोली फेर्ने ‘छेपारो’ को संज्ञासमेत दिएका छन्। उनले लेखेका छन्, ‘फेर्छ छेपारोले रङ, परिस्थिति अनुसार। प्रचण्डले फेर्छन् बोली, कुर्सीको मोह अनुसार।’

कवितामा शाहीले अध्यक्ष दाहाललाई केवल ‘कुर्सीको मोह’ मा बोली फेर्ने अस्थिर चरित्रको नेताको रूपमा चित्रण गरेका छन्। कुनै बेला ‘क्रान्ति र परिवर्तनको नारा’ दिएका दाहाल अहिले ‘सत्ता र कुर्सीकै साहारा’ मा सीमित भएको आरोप लगाउँदै शाहीले उनको राजनीतिक यात्राको समेत आलोचना गरेका छन्।

प्रमुख सचेतक शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत दाहालको संगतले राजनीतिक रूपमा चिप्लिएको दाबी गरेका छन्। ‘प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए, प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए,’ कवितामा उल्लेख छ।

यस्तो छ शाहीको कविता :

प्रचण्ड र छेपारो !

फेर्छ छेपारोले रङ,
परिस्थिति अनुसार।
प्रचण्डले फेर्छन् बोली,
कुर्सीको मोह अनुसार।।

सुरुमा क्रान्ति, परिवर्तनको नारा,
अहिले सत्ता, र कुर्सीकै साहारा।
प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए
प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।।

कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र
प्रचण्डको विश्वास गर्नु एउटै हो ।।
अर्को समाचार
भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमायो : शाही
२५ असार २०८२
•
१ मिनेट पाठ
भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमायो : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा नेकपा (माओवादी केन्द्र) ले कमाएको आरोप लगाएका छन्।




बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो आरोप लगाएका हुन्।

'भिजिट भिसा प्रकरणमा त सबैभन्दा बढी पैसा माओवादीले कमाएको छ नि। किनकि, नारायणकाजीकै पालामा सबैभन्दा बढी भिजिटमा गएका छन्। भोलि छानबिन गर्दै जाँदा नारायणकाजीजी आउँछन्, प्रचण्डजीका सुपुत्री पनि आउँछन्। त्यहाँ कहीँ न कहीँ आफैँमाथि औँला ठडिएपछि के गर्ने भन्नेभन्दा बरु विभिन्न बहाना गरेर त्यहाँबाट उम्किनु बेस,' शाहीले भने।

उनले 'ब्यागेज'हरूको कारणले राजनीतिमा गाह्रो हुने बताए। 'मैले कहीँ ठगेको छैन। ब्यागेजहरू राख्नु हुँदैन। त्यसले बाधा गर्छ। त्यसले बार्गेनिङ पोइन्ट बनाउँछ। जस्तो माओवादीलाई बनाइदियो नि अस्ति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर माओवादी सशक्ति भएको थियो, ठ्याक्क अग्नि सापकोटाको कुरा आएपछि ब्याक हट्नुपर्‍यो,' उनले भने।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस