नेपालविरुद्ध प्रमाण या प्रतिशोध?
२३ जेष्ठ २०८२
•
४ मिनेट पाठ
नेपालविरुद्ध प्रमाण या प्रतिशोध?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो। उक्त समाचार आएपछि रौतहटमा रहेका नेपाल काठमाडौं आए र पार्टीका नेताहरूसँग छलफलमा जुटे।




त्यसअघि वेदुराम भुसाललगायत नेताहरूले सशक्त प्रतिवाद गर्ने अभिव्यक्ति दिइसकेका थिए। अध्यक्ष नेपाल काठमाडौं आएपछि पार्टीका उपलब्ध नेताहरूसँग छलफलमा जुटे।

राजनीतिमा नैतिकवान् छवि बनाएका र भ्रष्टाचारविरोधी अभियानमा उत्तिकै सक्रिय देखिएका माधव नेपालविरुद्ध राजनीतिक जीवनको उत्तराद्र्धमा भ्रष्टाचारको मुद्दा अदालतमा पुग्यो। उनी प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट भएका निर्णयलाई आधार मानेर संवैधानिक निकाय अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

राजनीतिको पछिल्लो अवस्था हेर्ने हो भने सबैभन्दा कमजोर पात्रका रूपमा देखिएका नेपालको पाँच दशकको राजनीतिक यात्रामा भ्रष्टाचारको धब्बा लागेको छ। संयोग पनि कस्तो भने हरेक दिन एक घण्टा योगा गर्ने नेपाललाई पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियारले मुद्दा हालेको हो।

मुद्दा दर्ताको केही समयपछि गृहजिल्ला रौतहटबाट काठमाडौं आएर उनले सुरुमा कानुन व्यवसायीसँग परामर्श गरे। त्यसपछि उनी पार्टीका नेतासँग बैठकमा बसे। कानुन व्यवसायीले उनलाई अदालतमा गएर फेस गर्न सुझाव दिए। हदबन्दी छुट पाएको पतञ्जली योगपीठको जग्गा बेच्न दिने निर्णय प्रक्रियामा संलग्न भएको आरोपमा आयोगले यसअघि अध्यक्ष नेपालसँग बयान लिएको थियो।

कम्युनिस्ट आन्दोलनभित्र नेपाललाई सादगीपूर्ण जीवन जिउने, मदिरापान नगर्ने, निष्ठावान्, अनुशासित र पार्टी विधि र पद्धतिप्रति इमानदार नेताका रूपमा चित्रण गरिएको पाइन्छ। एमाले निर्मातामध्ये उनी एक हुन्। अहिले उनी एमालेमा छैनन्। एमालेमा रहँंदा उनी २७ वर्षदेखि अविच्छिन्न रूपमा शीर्ष पहिलो वा दोस्रो नम्बरमा थिए। जीवनको उत्तारार्धमा उनी नयाँ पार्टी खोलेर बसेका छन्। उनीलगायतको परिश्रम परेको एमालेको नेतृत्वमा हाल केपी ओली छन्।

१३ वर्षमै राजनीतिमा लागेका नेपालले २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौं आएका नेपाल मुलुकको कार्यकारी पदमा पुगेका थिए। त्यहीबेला गरेको निर्णय यतिबेला उनलाई भारी परेको छ।

नेपालले पतञ्जलीको जग्गा बेच्ने निर्णयबारे मात्रै होइन, प्रधानमन्त्री निवास विस्तार गर्ने र ललिता निवासको जग्गा प्रकरणमा पनि अख्तियारमा बयान दिनुपरेको थियो। उनले ललिता निवासको विषयमा पनि धेरै पटक स्पष्टीकरण दिनुपरेको थियो। ललिता निवासको जग्गा प्रकरणमा उनले आफू दोषी नभएको बताएका थिए।

‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन, म दोषी छैन, म अपराधी होइन। म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ, मेरो पालामा कुनै नयाँ मोही बनाउने निर्णय पनि भएको छैन,’ उनले भनेका थिए। पतञ्जली योगपीठको जग्गा प्रकरणमा पनि उनले यही अभिव्यक्ति दोहोर्‍याउनुपर्ने समय आएको छ।

अख्तियारले मुद्दा दर्ता गरेपछि माधव नेपालले आफूविरुद्ध केपी ओली लागेको आरोप लगाएका छन्। ओलीकै निर्देशनमा आफूविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको आरोप उनको छ। ‘उहाँ (ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नु नै भएको हो,’ उनले भने, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियतै हो।

अहिले पनि उहाँले पटकपटक कोसिस गर्नुभएको हो।’ नेपालले प्रधानमन्त्री ओली बदलाको भावनाबाट चलिरहेको बताएका छन्। ‘उहाँ बदलाको भावनाबाट चलिराख्नुभएको छ,’ उनले भनेका छन्।

अध्यक्ष नेपालले आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। ‘अनुचित कामलाई प्रोत्साहन गर्न चाहन्नँ। मैले आफ्ना तर्फबाट कुनै बेठिक काम गरेको छैन। मविरुद्ध भ्रष्टाचारको मुद्दा दायर हुन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ,’ उनले भनेका छन्। ‘म आफैंले कुनै पनि खराब नियतबाट लाभ उठाएको छैन, भ्रष्टाचार गरेको छैन। र, कुनै पनि कामका लागि आदेश दिने काम मबाट भएको छैन।’

उनले पार्टीको बैठकपछि न बिराउनु न डाउनु भनेका छन्। उनले चुनौतीका साथ डटेर सामना गर्ने पनि बताए। प्रधानमन्त्री भएको बेला होस् वा पार्टीको महासचिव भएको बेला पनि भ्रष्टचार गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका थिए। तर उनी अहिले भ्रष्टाचारको अभियोग खेप्दैछन्।

२०६६ जेठमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका हुन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट पराजित भएका नेपाल सभासद् भएपछि प्रधानमन्त्री भएका थिए। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले शान्तिप्रक्रियामा भूमिका खेलेका नेता भनेर उनलाई सभासदमा मनोनीत गरेका थिए। उनी एमालेका वरिष्ठ नेता त थिए। तर उनी पार्टी अध्यक्ष र संसदीय दलका नेता थिएनन्। दलको नेता झलनाथ खनाल भए पनि नेपाल प्रधानमन्त्री बन्न सफल भए। संविधानसभा निर्वाचनमा पार्टी तेस्रो भएपछि उनले महासचिवबाट राजीनामा दिए।

पार्टीको कार्यकारी पद छाडेर प्रधानमन्त्री भएपछि उनले भनेका थिए, ‘जनताको हित र कल्याणका लागि धेरै लोकप्रिय कार्यक्रमहरू पनि ल्याउनु छ, सुकुम्बासीको समस्या भनौं। समावेशिताको राजनीतिका कुरा गरौं। समाजवादको यात्राका कुरा गरौं। यी सबै हाम्रा सकारात्मक कुराहरू पनि छन्। अन्याय, अत्याचारका विरुद्धमा, शोषण उत्पीडनविरुद्धमा, विभेदको विरुद्धमा, अनेकौं आन्दोलनहरू, मजदुर, किसान, श्रमजीवि जनतादेखि लिएर युवा, विद्यार्थीहरू, यी सबैले आआफ्नो ठाउँमा मुलुकलाई बनाउनु छ।’  
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस