भिजिट भिसामा पाँच वर्षमा आठ लाख नेपाली बिदेसिए
२२ जेष्ठ २०८२
•
४ मिनेट पाठ
भिजिट भिसामा पाँच वर्षमा आठ लाख नेपाली बिदेसिए
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरूपोग प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई बयान लिन सुरु गरिसकेको छ। उनीसँगै मुछिएका अन्य तीनजनालाई पनि अख्तियारले बयान लिन थालेको छ। पाँचवटा मोबाइलको डिजिटल फरेन्सिक जाँच प्रतिवेदन आइसकेपछि अख्तियारले उनीहरूसँग बयान लिन थालेको हो।




अख्तियारले भट्टराईसँग बयान लिए पनि संसद्मा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन्। अध्यागमन कार्यालय गृह मन्त्रालय मातहत पर्छ। विपक्षी दलका सांसदले गृह मन्त्रालय मातहतका निकाय प्रमुख भिजिट भिसा दुरूपयोगमा मुछिएकाले मन्त्री लेखकले त्यसको नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन्। यसमा सबैभन्दा बढी अडान प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले राखिरहेको छ।

नेपालबाट महिला कामदार विदेशमा जान थालेको २३ वर्षको अवधिमा धेरैपटक गृह मन्त्रालयको नेतृत्व समाल्नेमा नेकपा माओवादी केन्द्रका नेताहरू छन्। मुलुकमा गणतन्त्र स्थापनापछि माओवादीका नेताले ६ पटक गृह मन्त्रालय समालेका छन्। यस अवधिमा माओवादीबाट कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, रामबहादुर थापा (हाल एमाले) गृहमन्त्री भएका छन्।

नारायणकाजी श्रेष्ठले दुई पटक मन्त्रालयको नेतृत्व गरेका छन्। यसरी ६ पटकसम्म माओवादी केन्द्रका नेताले गृह मन्त्रालयको नेतृत्व समालेका हुन्। यसरी हेर्ने हो भने माओवादी केन्द्रका नेता गृहमन्त्री भएका बेला सबैभन्दा धेरै नेपालीले भिजिट भिसामा देश छोडेका छन्। थापा तत्कालीन नेकपा कालमा माओवादीबाट गृहमन्त्री भएका थिए।

त्यसैगरी यस अवधिमा पाँच पटक नेपाली कांग्रेसले गृह मन्त्रालयको नेतृत्व समालेको छ। कृष्णप्रसाद सिटौला, विजय गच्छेदार, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखक गरी कांग्रेसतर्फबाट पाँचजनाले पाँच पटक मन्त्रालयको नेतृत्व लिएको देखिन्छ। पटकपटक गरी एमालेले पनि चारपटक गृह मन्त्रालयको नेतृत्व लिएको छ।

वामदेव गौतम (दुई पटक), भीम रावल र खगराज अधिकारी (१३ दिन) ले चार पटक गृह मन्त्रालय समालेका थिए। यस अवधिमा पूर्व मुख्यसचिव माधव घिमिरेले एक पटक र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई पटक गृहको नेतृत्व गरेका छन्।

धेरै पटक गृह मन्त्रालय लिएको विपक्षी नेकमा माओवादी केन्द्रले अहिले आफ्नै दलसमेतबाट गृहमन्त्री भएका नेताहरूमाथि भिजिट भिसा दुरूपयोगमा छानबिन समिति बनाउन माग गरिरहेको छ।

विपक्षी दलहरूले अहिले गृहमन्त्री लेखकको राजीनामा मागेका बेला भिजिट भिसा दुरूपयोमा समग्र छानबिन गर्ने हो भने २०५५ सालयताका सबै गृहमन्त्री र कर्मचारीलाई छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ। २०५५ सालमा वैदेशिक रोजगारीमा जान सरकारको स्वीकृति अनिवार्य गरिएपछि भिजिट भिसामा औपचारिक रूपमा विदेश जान सुरु भएको देखिन्छ। तर खाडी मुलुकमा जान भने त्यतिबेला पनि प्रतिबन्ध थियो।

२०५९ सालमा आएर खाडी मुलुकमा जान आंशिक फुकुवा गरी औपचारिक क्षेत्रमा जान खुला गरियो। सरकारले विदेशमा काम गर्न जाने नागरिकलाई सुरक्षित रूपमा जान र सुरक्षाका विविध उपाय अपनाउन आग्रह गर्दै म्यानपावर कम्पनीहरू खोल्न अनुमतिसमेत दिन थाल्यो।

सरकारले २०६५ सालमा खाडी मुलुकहरू र मलेसियामा कामदारका रूपमा जान महिलालाई प्रतिबन्ध लगायो। २०६६ सालमा महिला कामदारलाई घरेलु कामका लागि लेबनान जान रोक लगाइयो। २०६७ सालमा संरक्षणसम्बन्धी नयाँ व्यवस्था गरेर महिला कामदारलाई खाडी मुलुक र मलेसिया जान लगाइएको प्रतिबन्ध खुला गरियो। २०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान फेरि प्रतिबन्ध लगाइयो।

यसरी कहिले खुकुलो गर्ने र कहिले कडा गर्ने नीति ल्याएर भिजिट भिसालाई ‘रकम असुली’को माध्यम बनाइयो। ३० वर्षभन्दा कम उमेरका महिला परिपक्व नहुने भन्दै सरकारले विदेश जान रोक लगाएको विषयमा पटकपटक छलफल भए। २०७१ सालमा भिसा प्राप्त गरिसकेकाबाहेक अन्य सबैलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाइयो। २०७२ सालमा संरक्षक सम्बन्धित नयाँ व्यवस्थासहित घरेलु कामदारका रूपमा विदेश जान महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरियो। यो समयमा पनि भिजिट भिसाको दुरूपयोग गरी महिलालाई बाहिर पठाउने काम भने भित्रभित्रै भइरह्यो।

२०७४ सालमा घरेलु कामदारका रूपमा खाडी मुलुक जान महिलालाई प्रतिबन्ध लगाइयो। २०७७ सालमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यो प्रतिबन्ध फुकुवा गर्न सुझाव दियो। तर २०७८ सालमा पुनः श्रम स्वीकृति लिएर घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान फुकुवा गरियो। तर स्वदेश फर्कने कुरा सुनिश्चित हुनुपर्ने भन्दै विभिन्न मापदण्ड तयार पारियो। त्यही मापदण्ड अनुशरण गर्दै भिजिट भिसाको चरम दुरूपयोग हुन थाल्यो। पाँच वर्षको तथ्यांक हेर्ने हो भने पनि आठ लाख नेपालीले भिजिट भिसा लिएर मुलुक छाडेको पाइन्छ। उनीहरू सबै घुम्न नगएको सरकारी कर्मचारी नै बताउँछन्।

श्रम मन्त्रालयले मलेसिया, साउदी अरेबिया, युएई, कुवेत, ओमन, बहराइन र कतारमा घरेलु कामदारका रूपमा जान महिलालाई रोक लगाएको थियो। रोक लगाए पनि वार्षिक २० हजार महिला घरेलु कामका लागि विभिन्न माध्यमबाट विभिन्न देश जान थालेपछि सरकारले फेरि मापदण्ड बनायो। खाडी देश र मलेसियामा घरेलु कामका लागि गएका नेपाली महिलामाथि आर्थिक, मानसिक र शारीरिक शोषण हुने गरेको भन्दै सरकारले जान रोक लगाए पनि ती देशमा घरेलु काममा लागि नेपाली महिलालाई लैजाने गरिएको छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस