सम्भावना रहेको सुदूरपश्चिममा ढुक्कका साथ लगानी गरौँ: परराष्ट्रमन्त्री राणा
२१ जेष्ठ २०८२
•
२ मिनेट पाठ
सम्भावना रहेको सुदूरपश्चिममा ढुक्कका साथ लगानी गरौँ: परराष्ट्रमन्त्री राणा
सुदूरपश्चिम प्रदेशमा अथाह सम्भावना रहेकोले लगानीकर्तालाई ढुक्कका साथ लगानी गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन् ।




बुधबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि अथाह सम्भावना रहेकोले ढुक्कका साथ लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेकी हुन् ।

सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्,‘सुदूरपश्चिम आफैमा सुन्दर छ, यस क्षेत्रका जनताहरू पनि इमानदार र विकास प्रेमी छन् । लगानीको प्रतिफल सहजै पाउन सकिन्छ । तसर्थ लगानीकर्तालाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु।’

विकाससँगै शान्ति अनिवार्य हुने भएकाले शान्तिका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताउँदै उनले भनिन,‘देशमा शान्तिविनाको विकास कल्पना गर्न सकिँदैन, तसर्थ नेपालमा फरक वैचारिक धारका राजनीतिक दलहरु शान्ति र राजनीतिक स्थिरताका लागि एकै ठाउँमा उभिएका छौँ ।’ पछिल्लो समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारका कारण देशमा शान्ति र राजनीतिक स्थिरता कायम भएको र जसका कारण लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको  उनले बताइन् ।

परराष्ट्रमन्त्री राणाले पछिल्लो समयमा पहाडी जिल्लाहरूमा विकासले गति लिए पनि बढ्दो बसाइँ सराइँका कारण बस्तीहरू खाली हुन थालेको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘पहाडी जिल्लामा एकीकृत बस्ती विकासको खाँचो छ, जसका कारण पहाडलाई सुन्दर र व्यवस्थित बनाउन सकिन्छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको बारेमा प्रकाश पार्दै लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमको विकासका लागि कोशे ढुङ्गा साबित हुने बताए ।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुदूरपश्चिममा भित्र्याउन सम्मेलनको आयोजना गरेको बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । तयारी सम्मेलनमा नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम विकासका सम्भावनाले भरिभराउ भएको बताए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्भावनाका कुरा मात्रै नगरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

‘सुदूरपश्चिममा सम्भावना छ, तर पर्याप्त लगानी गर्न नसक्दा कयौँ युवाहरू बेरोजगार बस्नु परेको छ,’ उनले भने,‘तसर्थ यस क्षेत्रमा पर्याप्त मात्रामा उद्योगमा लगानीको खाँचो छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरू, कूटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरू, अन्तर्राष्ट्रिय दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते धनगढीमा लगानी सम्मेलनको आयोजना गर्ने जनाएको छ । 
अर्को समाचार
विदेशमा हाम्रो राजदूतावास कुखुराको खोर भन्दा साना छन्: परराष्ट्रमन्त्री राणा
०९ असार २०८२
•
१ मिनेट पाठ
विदेशमा हाम्रो राजदूतावास कुखुराको खोर भन्दा साना छन्: परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशमा रहेका नेपाली दूतावास कुखुराको खोर भन्दा सानो भएको बताएकी छिन्। 




सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन्।

उनले भनिन्,'हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैन। म अस्ति जापान राजदूतावास गएको थिए। म डिप्रेस भएर आए। फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन। कुखुराको खोर भन्दा सानो राजदूतावास।'
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस