प्रतिनिधि सभामा आगामी मंगलबारदेखि आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार असार १२ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गर्दै मंगलबारदेखि बजेटमा छलफल हुने जानकारी दिएको हो ।
जेठ २३ गते बस्ने पहिलो बैठकमा छलफलका क्रममा उठेका प्रश्नको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने र सोही बैठकमा विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने गरी सचिवालयले. कार्यतालिका तय गरेको छ ।
विनियोजन विधेयकमाथि २६ गतेदेखि छलफल चलाउने तयारी सचिवालयको छ । असार ३ गतेदेखि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र असार ५ गते उक्त विधेयक पारित गर्ने तयारी सचिवालयको छ । सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा असार ५ गतेनै आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक सदनमा प्रस्तुत गर्ने उल्लेख छ । दफावार छलफलपछि असार १० गते तीनै वटा विधेयक पारित गर्ने तयारी संसद सचिवालयको छ ।
सरकारले यहीबीच जेठ २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, संघीय निजामती सेवा विधेयक, वैकल्पिक वित्त परिचालन विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक माथिको प्रक्रिया पनि अघि बढाउने तयारी गरेको छ ।
प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने कार्यतालिकामा उल्लेख छ । सभामुख देवराज घिमिरेले शुक्रबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठमा १० दिन र असारमा ९ दिन बैठक बस्ने गरी संसदको क्यालेन्डर पारित गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...