भिजिट भिसा दुरूपयोग प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टटराई तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा गृह मन्त्रालयमा आएको खुलेको छ। त्यसपछिका सबै सरकारले संरक्षण गरेका उनी अहिले भिजिट भिसा दुरूपयोगमा अनुसन्धान घेरामा तानिएका हुन्। भट्टराईलाई २०७७ सालमा गृहमन्त्री थापाले गोरखाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका थिए।
भिजिट भिसा दुरूपयोगमा भट्टराईसँगै वहालवाला गृहमन्त्री रमेश लेखकको नाम जोडिएको छ। लेखकले भिजिट भिसा दुरूपयोगमा मुछिएका भट्टरार्ईलाई आफूले गृह मन्त्रालयमा ल्याएर जिम्मेवारी नदिएको र उनकै कारण आफूले राजीनामा दिनुनपर्ने जिकिर गरेका छन्।
संसद् भवन बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूले नै भट्टराईलाई गृह मन्त्रालयमा ल्याएको जसरी प्रचार गरिएको तर त्यस्तो नभएको बताए। उनले भट्टराई पाँच वर्षदेखि गृह मन्त्रालयअन्तर्गत रहेको बताए। ‘सहसचिव तीर्थराज भट्टराईलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गोरखा र त्यसपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको रहेछ,’ गृहमन्त्री लेखकले भने।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरूपयोग गरेको आरोपमा अहिले भट्टराईसँग बयान लिइरहेको छ।
गृहमन्त्री लेखकले भट्टराईलाई २०७८ सालमा बालकृष्ण खाण गृहमन्त्री भएका बेला गृह मन्त्रालयअन्तर्गत पन्जीकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको प्रमुख जिल्ला अधिकारी बनाइएको समेत बताए।
२०७९ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको समेत कार्यभार सम्हालेका बेला भट्टराई प्रमुख जिल्ला अधिकारीबाट तानेर गृह मन्त्रालयमा ल्याइएको र नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहुन्जेल उनी पन्जीकरण विभागमा रहेको लेखकले बताए। त्यसपछि रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई २०८० साउन ४ गते हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयबाट गृहमा ल्याइएको लेखकले बताए। लेखकले आफू गृहमन्त्री भएर मन्त्रालयमा आउँदा भट्टराई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक रहेको जानकारी दिए।
लेखकले एउटा कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने हो भने कोही मन्त्री पनि बाँकी नरहने बताए।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रहेका भट्टराईलाई सोधपुछका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय आफूले सञ्चारमाध्यमबाट नै जानकारी पाएको लेखकले बताए। ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको छ, उसको कामकारबाहीलाई म खुला मनले स्वागत गर्छु। अझ म, जो लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको छु, विधिको शासनका लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गरेको छु र गर्ने नै छु,’ उनले भने।
कुनै पनि राष्ट्रसेवकले गरेको भ्रष्टाचारजन्य कामको अनुसन्धान, अभियोजनलगायतका कार्य गर्न सक्षम संवैधानिक निकाय अख्तियार भएकाले उसले गर्ने कामकारबाही र अनुसन्धानलाई कमजोर पार्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा आफू सचेत रहेको पनि मन्त्री लेखकले बताए। ‘स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा निष्कर्षमा पुग्न दिऔं,’ उनले भने। मन्त्री लेखकले अगाडि भने, ‘मैले गत वर्ष संसद्मा बोलेको विषय तत्कालीन माननीय मन्त्री (रवि लामिछाने) ज्यूको सहकारी ठगी प्रकरणमा जोडिएको थियो। उहाँविरुद्व जाहेरी परेर प्रहरीले अनुसन्धान गरिरहेको थियो। त्यस्तो अवस्थामा उहाँ मातहतको निकायलाई अनुसन्धानमा सहज नहुने र स्वतन्त्र रूपमा छानबिन हुन सक्ने अवस्था नरहन सक्थ्यो, स्वार्थको द्वन्द्वको अवस्था थियो। तर अहिलेको प्रसंग एक सहसचिवलाई अख्तियारले गरेको अनुसन्धानको हो। मेरो विषय वा प्रसंग पनि होइन, यसमा मेरो कुनै स्वार्थको द्वन्द्व पनि छैन।’
भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा खटाएकाले त्यसको जिम्मेवारी आफूले लिनुपर्नेजस्तो कुरा आएको बताउँदै लेखकले प्रश्न गरे के कानुनबमोजिम कर्मचारी खटाउँदा आफूले त्यो अपराध गरेको मान्ने हो? उनले भट्टराईलाई गृह मन्त्रालयको एउटा विभागबाट अर्को विभागमा सरुवा मात्र गरिएको दाबी गरे। प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधिसभामा बोल्न नदिएपछि मन्त्री लेखकले पत्रकार सम्मेलन गरेका हुन्। माओवादीलगायत प्रतिपक्षी दलका सांसदले भिजिट भिसा दुरूपयोग प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरोध गर्दै आएका छन्।