सत्तासीन दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने बताएका छन्।
'अरु के गर्दछन् उनीहरूको कुरा हो । तर, एमाले गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ,' पोखरेलले फेसबूकमा लेखेका छन्।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। त्यसका प्रति लक्षित भएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रामक अभिव्यक्ति दिएका थिए।
ओलीको अभिव्यक्तिका प्रति मानवअधिकार आयोगले समेत ध्यानाकर्षण भएको जनाएको छ। यसपछि पोखरेलले यस्तो बताएका हुन्।