प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदामा कर्मचारीहरूलाई राजनीतिक दलनिकट संगठन खोल्न छुट सुविधा दिएको छ।
संघीय निजामती सेवाको गठन तथा सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि समितिमा भएको छलफलपश्चात् दलैपिच्छेको संगठन खोल्न दिने व्यवस्था राखिएको छ। समितिले निजामती सेवा ऐन, २०४९ (संशोधन २०६४) अनुसारकै व्यवस्थालाई निरन्तरता दिएर दलैपिच्छे ट्रेड युनियन खोल्न सकिने व्यवस्थालाई यथावत् राखिएको हो।
यस्तोमा कर्मचारी संघ–संगठनले भने यो व्यवस्थालाई हटाएर कर्मचारीको ट्रेड युनियन अधिकार कुण्ठित गर्न नहुने भन्दै चेतावनी दिँदै आएका थिए। कर्मचारीहरूले दबाब दिएर संसदीय समितिमार्फत आफ्नो माग पूरा गर्न सफल भएका छन्।
समितिबाट पास भएको व्यवस्थाअनुसार दलै पिच्छे ट्रेड युनियन खोल्ने अधिकार र एउटा आधिकारिक ट्रेड युनियनको व्यवस्था पनि गरिएको छ।
नासुमा नयाँ भर्ना नहुने
समितिबाट पास भएको विधेयकको मस्यौदामा नायब सुब्बा पदमा लोकसेवा आयोगबाट नयाँ भर्ना नखुलाउन प्रस्ताव गरिएको छ। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था समितिले पास गरेको मस्यौदामा नायब सुब्बा पदमा लोकसेवा आयोगबाट नयाँ भर्ना खुलाउने व्यवस्था नभएको बताए। उनले भने, ‘खरिदारबाट नायब सुब्बा पदमा बढुवा हुने व्यवस्था त छ तर सुब्बामै नयाँ भर्ना खुलाउने व्यवस्था ऐनको मस्यौदामा छैन।’
अहिलेको मस्यौदा संसद्बाट जस्ताको तस्तै पास भएमा खरिदार (राजपत्रअनकिंत द्वितीय श्रेणी तथा चौथो तह ), शाखा अधिकृत(राजपत्रांकित तृतीय श्रेणी तथा छैटौँ, सातौँ र आठौँ तह) तथा उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी तथा नवौँ र दशौँ तह)मा मात्र आयोगले नयाँ भर्ना खुलाउने व्यवस्था छ।
मस्यौदामा १५ वटा तहको व्यवस्था गरिएको छ। सबैभन्दा माथिल्लो पद मुख्यसचिव १५ औँ तहको हुने व्यवस्था गरिएको छ । यसै गरी पहिलो, दोस्रो र तेस्रो तह श्रेणीविहीन कर्मचारी हुनेछन्। जसमा कार्यालय सहयोगी, सवारी चालक लगायतका कर्मचारी हुनेछन्। सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) ११औँ र १२ औँ तहका हुनेछन्। सचिव १४औँ तहको हुनेछ।
मस्यौदामा अतिरिक्त सचिवको पनि व्यवस्था गरिएको छ। अतिरिक्त सचिव १३औँ तहको हुने व्यवस्था गरिएको छ। अतिरिक्त सचिव पदको दरबन्दी सिर्जना गरिए पनि अतिरिक्त सचिवको कार्यकाल तोकिएको छैन।
प्रस्तावित विधेयक जारी भएर कार्यान्वयनमा आउँदा हाल कार्यरत सचिवको हकमा भने पुरानै ऐनअनुसार पाँच वर्षसम्म कार्यकाल रहनेछ।
कुलिङ पिरियडको व्यवस्था हट्दैन: खतिवडा
यस्तै विधेयक मस्यौदामा राखिएको कर्मचारीले अवकाशपछि दुई वर्षसम्म अन्य राजकीय नियुक्ति खान नपाउने व्यवस्था(कुलिङ पिरियड)बारे भने मुख्यसचिवलगायत सचिवहरूले चर्को दौडधुप गरिरहेका छन्।
सांसदहरू भने कुनै पनि अवस्थामा कुलिङ पिरियडको व्यवस्था नहटाउन प्रतिबद्ध छन्। राज्य व्यवस्था समितिले पास भएको मस्यौदामा मूलभूत विषय फेरबदल नहुने राज्य व्यवस्था समितिका सभापति खतिवडाले बताए।
‘हामीले बृहत् छलफल गरेर सबैको कानुन बनोस् भन्ने उद्देश्यबाट मस्यौदा पास गरेका हाैँ, सभापति खतिवडाले भने,‘संसदीय समितिलाई कमजोर बनाउने काम सरकार, सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षबाट हुँदैन भन्नेमा हामी विश्वस्त छौँ ।’
कुलिङ पिरियडको व्यवस्था नेपालमा मात्र नभई, बेलायत, क्यानडा, भारत, लगायतका धेरै देशमा हुने गरेको उनले बताए । समितिले पास गरेको मस्यौदा चाँडै संसद्मा लगिने उनको भनाइ छ । सचिवहरू भने संसद्मा लग्नु अगाडि नै कुलिङ पिरियड हटाउन लागि परेका छन् ।

कर्मचारी संघ–संगठनले भने यो व्यवस्थालाई हटाएर कर्मचारीको ट्रेड युनियन अधिकार कुण्ठित गर्न नहुने भन्दै चेतावनी दिँदै आएका थिए। कर्मचारीहरूले दबाब दिएर संसदीय समितिमार्फत आफ्नो माग पूरा गर्न सफल भएका छन्।नयाँ बन्ने कर्मचारी कानुनमा दलैपिच्छेका कर्मचारी संगठन खोल्न दिने कि नदिने भन्नेबारे लामो समयसम्म बहस चलेको थियो। समितिमा पनि विधेयक मस्यौदामा छलफल हुँदा कहिले मेटिने र कहिले राखिने गरिएको थियो। सरकारले भने कर्मचारीहरूको हकहितका लागि एउटा मात्रै ट्रेड युनियन राख्न चाहेको थियो।
यस्तोमा कर्मचारी संघ–संगठनले भने यो व्यवस्थालाई हटाएर कर्मचारीको ट्रेड युनियन अधिकार कुण्ठित गर्न नहुने भन्दै चेतावनी दिँदै आएका थिए। कर्मचारीहरूले दबाब दिएर संसदीय समितिमार्फत आफ्नो माग पूरा गर्न सफल भएका छन्।
समितिबाट पास भएको व्यवस्थाअनुसार दलै पिच्छे ट्रेड युनियन खोल्ने अधिकार र एउटा आधिकारिक ट्रेड युनियनको व्यवस्था पनि गरिएको छ।
नासुमा नयाँ भर्ना नहुने
समितिबाट पास भएको विधेयकको मस्यौदामा नायब सुब्बा पदमा लोकसेवा आयोगबाट नयाँ भर्ना नखुलाउन प्रस्ताव गरिएको छ। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राज्य व्यवस्था समितिले पास गरेको मस्यौदामा नायब सुब्बा पदमा लोकसेवा आयोगबाट नयाँ भर्ना खुलाउने व्यवस्था नभएको बताए। उनले भने, ‘खरिदारबाट नायब सुब्बा पदमा बढुवा हुने व्यवस्था त छ तर सुब्बामै नयाँ भर्ना खुलाउने व्यवस्था ऐनको मस्यौदामा छैन।’
अहिलेको मस्यौदा संसद्बाट जस्ताको तस्तै पास भएमा खरिदार (राजपत्रअनकिंत द्वितीय श्रेणी तथा चौथो तह ), शाखा अधिकृत(राजपत्रांकित तृतीय श्रेणी तथा छैटौँ, सातौँ र आठौँ तह) तथा उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी तथा नवौँ र दशौँ तह)मा मात्र आयोगले नयाँ भर्ना खुलाउने व्यवस्था छ।
मस्यौदामा १५ वटा तहको व्यवस्था गरिएको छ। सबैभन्दा माथिल्लो पद मुख्यसचिव १५ औँ तहको हुने व्यवस्था गरिएको छ । यसै गरी पहिलो, दोस्रो र तेस्रो तह श्रेणीविहीन कर्मचारी हुनेछन्। जसमा कार्यालय सहयोगी, सवारी चालक लगायतका कर्मचारी हुनेछन्। सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) ११औँ र १२ औँ तहका हुनेछन्। सचिव १४औँ तहको हुनेछ।
मस्यौदामा अतिरिक्त सचिवको पनि व्यवस्था गरिएको छ। अतिरिक्त सचिव १३औँ तहको हुने व्यवस्था गरिएको छ। अतिरिक्त सचिव पदको दरबन्दी सिर्जना गरिए पनि अतिरिक्त सचिवको कार्यकाल तोकिएको छैन।
‘हामीले बृहत् छलफल गरेर सबैको कानुन बनोस् भन्ने उद्देश्यबाट मस्यौदा पास गरेका हाैँ, सभापति खतिवडाले भने,‘संसदीय समितिलाई कमजोर बनाउने काम सरकार, सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षबाट हुँदैन भन्नेमा हामी विश्वस्त छौँ ।’मुख्यसचिवको कार्यकाल दुई र सचिवको कार्यकाल चार वर्ष राखिएको छ। हाल लागु रहेको निजामती कर्मचारी सेवा ऐन, २०४९ मा मुख्यसचिवको तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष छ।