उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गर्ने र प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिवार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्।
‘अहिलेको समय नेगेटिभ कुरालाई हाई लाइट गर्ने, उपलब्धिलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने,’ सिंहले भने, ‘प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ?’ यतातिर पनि सबैको ध्यान जानुपर्ने उनले बताए। नकारात्मक कुरालाई हाई लाइट गर्दा सबैले दुख पाउने पनि उनले बताए।
लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएको पनि उपप्रधानमन्त्री सिंहले बताए। ‘अहिले प्राप्त भएको अधिकारलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउन सबैले योगदान दिनुपर्छ,’ उनले भने।