कानून निर्माण गर्ने संसद्को दुरवस्था
०९ जेष्ठ २०८२
•
६ मिनेट पाठ
कानून निर्माण गर्ने संसद्को दुरवस्था
संसद्को चालु बर्खे अधिवेशनमा वार्षिक बजेट सार्वजनिक अघि संसद्ले कानून निर्माणमा गति लिने अपेक्षा गरिएको थियो । विधेयक पारित गर्ने उद्देश्यले नियमित प्रक्रियाभन्दा करिब एक साताअघि नै संसद्को बर्खे अधिवेशन आह्वान गरिएको थियो ।  




वैशाख १२ गतेदेखि सुरु भएको बर्खे अधिवेशनले जेठ १५ गते बजेट ल्याउने दिनसम्म तीस विधेयकमध्ये दुईवटा विधेयक दुबै सदनबाट पारित गरेको छ भने त्यसपछि विधेयक पारित गर्ने अवस्था देखिएको छैन । बजेट ल्याउने दिनभन्दा अघि प्रतिनिधि सभामा दुईवटा बैठक बोलाइएको छ भने राष्ट्रिय सभाको एकवटा बोलाइएको छ ।

दुबै सभाका बजेट सार्वजनिक गर्ने दिनभन्दा अघिका बैठकबाट विधेयक पारित गर्ने कार्यक्रम नभएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठक ६ गते र राष्ट्रिय सभाको बैठक ७ गतेदेखि स्थगित छ । बिजनेश नभएका कारण नै प्रतिनिधि सभाले निरन्तर बैठक गर्न नसकी जेठ १३ र १४ दुई दिन र राष्ट्रिय सभाले जेठ १४ गते एक दिन मात्र बैठक बोलाएको छ ।  

शिक्षक आन्दोलनका कारण विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखेको जनाउँदै बर्खे अधिवेशन आह्वान भएको थियो भने अन्य विधेयक पनि समितिबाट पारित भएर आए भने क्रमिक रूपमा जेठ १५ अघि पारित गर्ने तयारी भएको संसद् सचिवालयका अधिकारी बताउँछन् ।    

गत वैशाख १२ गते बोलाइएको अधिवेशन करिब करिब एक महिना पुग्न लागेको छ । यस अवधिमा बैङ्किङ कसुर तथा सजाय विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय २०८० दुबै सदनबाट पारित भएको छ । सोमबार प्रतिनिधि सभाबाट जलश्रोत विधेयक २०८१ पारित गरी राष्ट्रिय सभामा पठाइएको छ ।

सरकारले वार्षिक बजेट प्रस्तुत गर्ने दिन जेठ १५ भन्दा करिब ३५ दिन अघि अधिवेशन सुरु भएपछि यसबिचमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र पारितका लागि ६ दिन र बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) माथिको छलफलका लागि चार दिनको समय खर्चिएको छ ।

अधिवेशनको सुरु दिनदेखि र जेठ १५ यता सात दिन सार्वजनिक बिदा परेको छ । जसबाट १९ दिनको समय काम गर्न सकिने देखिन्छ । बजेट सार्वजनिक गर्ने दिन जेठ १५ लाई घटाउँदा १८ दिन बाँकी देखिन्छ । 'यस अवधिमा क्रमिक रूपमा विधेयक आउने हो, थुप्रै विधेयक पारित गर्न सकिन्छ। तर, समितिमा विधेयक अड्किएकाले दुबै सदन यतिबेला बिजनेशविहीन छन्,' संसद सचिवालयका एक अधिकारीले भने ।

बिजनेश नभएका कारण बजेट सार्वजनिक अघि १३ गतेसम्म राष्ट्रिय सभाका सांसद शनिबारदेखि प्रदेशका कार्यक्रममा हिँड्ने भएका छन् भने प्रतिनिधि सभाका समिति पनि उल्लेख्य मात्रामा कानून निर्माणमा सक्रिय हुने अवस्था नभएको संसद् सचिवालयका अधिकारीको भनाइ छ ।  

संसद्‌मा ३० विधेयक विभिन्न प्रक्रियामा छन् तर, संसद् बिजनेशविहीन हुनु परिरहेकोले समितिमा पुगेका विधेयकलाई छिटो पारित गरी सदनमा पेस गर्नुपर्ने र संसद्‌मा दर्ता भएका विधेयकलाई छिटो सदनमा पेस गरेर समितिमा पठाउनु पर्ने अवस्थाले निरन्तरता पायो भने संसद् बिजनेशविहीन हुन नपर्ने संसद् सचिवालयका अधिकारी बताउँछन् ।

संसद्लाई बिजनेश सरकारले दिने भएकाले यसमा प्रमुख भूमिका सरकारको हुने गर्दछ । संसद् बैठकको कार्यसूचीमा कुनै पनि विधेयक निरन्तर राख्न सक्ने अवस्था नहुँदा नै बैठक निरन्तर बस्न सकेको छैन । समितिमा रहेका विधेयकलाई पारित गर्ने तत्परता प्रमुख राजनीतिक दलहरूले देखाएका छैनन् भने सरकारले पनि पर्याप्त विधेयक दर्ता गरेको छैन ।

जसबाट बजेट सार्वजनिक हुनुभन्दा अघि नै सदनमा पेस हुने आशा राखिएको विद्यालय शिक्षा विधेयक र सङ्घीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सदनमा पुग्न सकिरहेका छैनन् । प्रतिनिधि सभाका समितिमा यीसहित १५ विधेयक अलपत्र छन् । सङ्घीय निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भए पनि उच्च प्रशासकको असहमतिका कारण सदनमा विधेयक प्रतिवेदन पेस हुन सकिरहेको छैन ।

बजेट प्रस्तुत भएपछि करिब डेढ महिना संसद्ले बजेटका विषयमा निरन्तर छलफल गर्नुपर्ने भएकाले असारको मसान्तमा मात्रै विधेयकहरूको काम सुरु हुने गरेको यसअघिको अनुभव रहेको संसद् सचिवालयका अधिकारीको भनाइ छ । बजेट प्रस्तुत गर्ने दिनभन्दा अघि प्रतिनिधि सभाका दुईवटा बैठक बोलाइएको छ । अबको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक र भूमि विधेयक प्राथमिकतामा छन्, दुबै विधेयक समितिमा पठाउने तयारी छ । राष्ट्रिय सभाले १४ गते अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक पेस गर्ने कार्यसूची राख्ने भएको छ ।

समितिमा विचाराधीन रहेका विधेयकहरू समितिबाट पारित भएर सदनमा तत्काल पेस हुनसक्ने अवस्थामा छैन भने दर्ता भएका विधेयक पनि धेरै छैनन् ।  विधेयकहरू समितिबाट पारित भएमा मात्रै सदनले बिजनेश पाउने भएकाले अझै महिनौंं समितिमा अल्झिने सम्भावना रहेको संसद् समितिका सदस्यहरूको भनाइ छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, अन्तर्राष्ट्रि सम्बन्ध समितिलगायतका समितिहरूमा बढी विधेयकहरू छलफलमा छन् ।  

प्रतिनिधि सभाका समितिमा रहेका विधेयकहरूमा विद्युत् विधेयक २०८०, विद्यालय शिक्षा विधेयक २०८०, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८०, सङ्घीय निजामती सेवा विधेयक २०८०, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० छन् ।

यसैगरी, धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६, नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०८१, सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०८१, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पनि समितिमा छन् ।

त्यस्तै, निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१, नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक २०८१, समितिमा छन् । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ लाई पनि केही दिन अघि समितिमा पठाइएको छ ।

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकिएर संशोधन प्रस्ताव दर्ता प्रक्रियामा रहेका विधेयकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ भने सैद्धान्तिक छलफल र संशोधन प्रस्ताव सकिए पनि सदनमा रहेको विधेयकमा मिडिया काउन्सिल विधेयक २०८१ रहेका छन् ।  

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०८१ र वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा प्रस्तुत मात्र भएका छन् ।

यता, राष्ट्रिय सभामा दश विधेयक छन् । जसमा प्रतिनिधि सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा पठाइएका चार र राष्ट्रिय सभामा उत्पत्ति भएका छ विधेयक छन् । जसमा राष्ट्रिय सभामा सन्देशसहित पठाइएका विधेयकमा संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)  सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, भन्सार विधेयक २०८०, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० र जलस्रोत विधेयक रहेका छन् ।

राष्ट्रिय सभामा उत्पत्ति भएका पानी जहाजको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सञ्जाल विधेयक २०८१, पर्यटन विधेयक २०८१ , चलचित्र विधेयक २०८१, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ गरी छ विधेयकमा पनि सो सभाबाट छिट्टै पारित हुने अवस्थामा नरहेको पाइएको छ ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
९ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस