सत्तासीन दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका प्रति कटाक्ष गरेका छन्।
सोमबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै बर्तौलाले यसरी कटाक्ष गरेका हुन्।
उनले दाहालले 'क्षणिक भ्रम'को कुरा मात्रै गरिरहेको उल्लेख गर्दै भने, 'जादुगरले कागजको पत्ता राखेर फुत्त हजारको नोट निकाल्छ। तर, त्यो सत्य होइन। त्यो केबल भ्रम हो। यो संसद्मा पनि यस्ता प्रवृत्तिहरू हामीले देखिरहेका छौँ। कोही जादुगरले कागजको पत्ता राखेर पैसाको नोट निकालेजस्तो प्रवृत्तिकै जादुवालाहरूले जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्तिहरू हामी सुनिरहेका छौँ।'
उनले यस्ता विषयमा सिङ्गो देश सचेत हुनुपर्ने बताए।
दाहालले आफूसँग जादुवाला नम्बर भएको बताउने गरेका छन्। संसद्मा ३२ सिट भएको माओवादी केन्द्रले यसबीचमा झन्डै २० महिना सरकारको नेतृत्व गर्यो। यसपछि गत असारमा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्यो। यसपछि दाहालले आफूसँग जादुवाला नम्बर भएको र पुन: सरकार आफूले नै सम्हाल्नुपर्ने अवस्था आउने बताएका थिए।
त्यसप्रति लक्षित हुँदै बर्तौलाले यस्तो बताएका हुन्।