नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले लघुवित्त पीडितहरूको समस्यालाई मध्ययुगीन सुदखोरीभन्दा पनि क्रूर र अमानवीय शोषणको रूपमा चित्रण गरेका छन्।
सामाजिक सञ्जालमार्फत देशभरबाट आएका पीडितहरूका कुरा सुनेपछि उनले यस्तो अनुभूति भएको बताएका हुन्। उनले भने, ‘झण्डै एक लाख कालोसूचीमा परेका, हजारौँ फरार रहेका, सयौँले आत्महत्या गरेका र अधिकांश महिला रहेका तथ्यले आङ जिरिङ्ग हुन्छ।’
भट्टराईले सरकारलाई तत्काल कदम चाल्नुपर्ने माग समेत गरेका छन्। सरकारले तत्काल चारवटा प्रमुख कार्य गर्नुपर्ने उनको सुझाव छ। पहिलो, कार्यकारी निर्णयद्वारा अर्को व्यवस्था नहुँदासम्म सबै प्रकारका ऋण असुली, कालोसूची र धरपकड बन्द गर्नुपर्ने। दोस्रो, उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी लघुवित्त र मिटरब्याजी साहूकार क्षेत्रका समस्याहरूको वस्तुनिष्ठ अनुसन्धान गर्नुपर्ने। तेस्रो, सम्पूर्ण लघुवित्त संस्थाहरूको राष्ट्रियकरण गर्नुपर्ने, निश्चित रकमसम्मको ऋण पूर्ण वा आंशिक मिनाहा गर्नुपर्ने र बाँकीको पुनर्तालिकीकरण गर्नुपर्ने। चौथो, बैंक तथा वित्त क्षेत्रको संरचनात्मक सुधार गरी परजीवी वित्तीय पूँजीलाई उत्पादन र रोजगारीमूलक औद्योगिक पूँजीमा रूपान्तरण गर्नुपर्ने।
भूमिहीन, गरीब किसान र साना व्यवसायीलाई विना धितो निर्ब्याजी ऋण, सीपमूलक तालिम र उत्पादित वस्तुको बजार व्यवस्था गर्नुपर्ने उनको माग छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...