जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
१९ वैशाख २०८२
•
२ मिनेट पाठ
जनताको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजे: महासचिव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।




प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण, सुशासनमा कमी आउने कार्य गर्न थालेपछि  जनतामा निराशा बढेको छ । त्यही निराशालाई दरबारिया शक्तिहरूले उपयोग गरेर यो व्यवस्थाको विरुद्धमा, गणतन्त्रको विरुद्धमा क्यास गर्न खोजेको छ ।’

महासचिव गुरुङले सरकारले गणतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी त सरकारकै हो,उनले भने,‘तर सरकारले यसको रक्षा गर्न सकेन ।’ उनले गणतन्त्रवादीहरू एकजुट हुन नसकेको सन्देश जाँदा पनि पश्चगामी दरबारिया शक्तिहरूले टाउको उठाउन खोजेको उनको भनाई छ । यद्वपी राजावादीहरू ठेगान लागिसकेको उनले दाबी गरे । विभिन्न कारणले जनतामा बढेको निराशा र असन्तुष्टिलाई क्यास गरेर दरबारिया शक्ति भनौँ वा राजावादी शक्तिहरूले गणतन्त्रको विरुद्धमा, संविधानको विरुद्धमा जुन क्याम्पेनिङ उनीहरुले चलाइराखेका थिए,उनले थपे,‘त्यो एक हिसाबले असफल भयो ।’

उनले तीनकुने भएको एउटै घटनाले राजावादीको उद्देश्य र अभीष्ट जनतामा पर्दाफास भएकाले पनि उनीहरूको आन्दोलन कमजोर बनेको विश्लेषण सुनाए । फेरी त्यही र त्यस्तै आन्दोलन अघि बढ्न नसक्ने दाबी गर्दै उनले अगाडि थपे,‘तर सरकारको यो बेथिति र रवैयाका कारण भविष्यमा कुनै न रूपले गणतन्त्रकोबिरुद्ध आवाज उठ्न सक्दैन, प्रहारको प्रयास हुँदैन भन्नचाहिँ सकिँदैन ।’

महासचिव गुरुङले सरकारकै रवैयाका कारण व्यवस्था र संविधानमाथि प्रहार भइरहेको आरोप लगाए । लोकतन्त्र र गणतन्त्रमाथि समस्या उत्पन्न गर्ने प्रयास भइरहेको भन्दै उनले भने,‘जसरी पनि द्वन्द्व निम्त्याउने र जसरी पनि निषेध गर्ने प्रवृत्ति सरकारमा छ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी, लघुवित्त वा अन्य सबै असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्ने भन्दा पनि बिथोल्ने प्रयास गर्दा जनतामा असन्तुष्टि बढेको छ । जसरी पनि आन्दोलनमा लैजान उद्यत गराउने प्रवृत्ति सरकारमा छ ।’ सरकार वार्ता गर्ने, समस्या सुन्ने, सुल्झाउनेतर्फ सरकार नजाँदा असन्तुष्टिको स्वर बढ्दै गएको उनको भनाई छ ।

महासचिव गुरुङले माओवादीले सरकारमा जान हतार नभएको स्पष्ट पारे । सरकारप्रति सत्तारुढ दलहरूमै असन्तुष्टि देखिएको बताउँदै उनले भने,‘माओवादीलाई सरकारमा जान हतार भएर अहिलेको सरकार ढल्ने होइन, माओवादीलाई सरकारमा जाने हतार छैन । बरु सरकार आफ्नै कारण ढल्ने सङ्केत देखिन्छ । प्रतिपक्ष भन्दा सत्तापक्षमा नै चर्को असन्तुष्टि देखिन्छ । त्यो कांग्रेसमापनि छ र एमाले पनि छ ।’

महासचिव गुरुङले माओवादीप्रति जनताको आशा र अपेक्षा बढेको दाबी गरे । माओवादीले मात्रै सुशासन र समृद्धिको सपना पूरा गर्न सक्छ भन्ने विश्वास जनतामा पलाएको उनको दाबी थियो ।
अर्को समाचार
महासचिव गुरुङद्वारा योजना माग
१३ जेष्ठ २०८२
•
१ मिनेट पाठ
महासचिव गुरुङद्वारा योजना माग
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग योजना माग गरेका छन्।




महासचिव गुरुङले पार्टीको हुलाकी राजमार्ग केन्द्रित 'तराई मधेश जागरण अभियान र मध्यपहाडी पुष्पलाल मार्गकेन्द्रित जागरण अभियान'का क्रममा सङ्कलित योजनाहरू अर्थमन्त्री पौडेललाई बुझाएका हुन्।

त्यसमा पालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरूबाट माग गरिएका योजनाहरू संलग्न रहेका छन्।

महासचिव गुरुङले आगामी आर्थिक वर्षको योजनामा ती योजनाहरू समावेश गरिदिन अर्थमन्त्री पौडेलसँग माग गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस