पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
०७ वैशाख २०८२
•
४ मिनेट पाठ
पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ
उच्च अदालतल जनकपुरले बालयौन शोषणसम्बन्धी मुद्दा खेपेका ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन (रामलाल बम्जन) लाई पुरानो कानुनमा टेकेर सफाइ दिएको छ। गत चैत ६ गते न्यायाधीशहरू नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बालयौन शोषण मुद्दामा सफाइ दिएको थियो। बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा दायर सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ।  




उच्च अदालतले फैसलाको पूर्णपाठ वैशाख ४ गते सार्वजनिक गरेको छ। उच्च अदालतले मुद्दाको वारदात २०७३

साउन २० मा भएको र त्यसबेला जबर्जस्ती करणी कसुरमा उजुरीका लागि ६ महिना हदम्याद रहेको फैसलामा उल्लेख गरेको छ। वारदात (घटना) भएको समयमा प्रचलित कानुनमा टेकेर उच्च अदालतले अहिले फैसला सुनाएको हो।

उच्च अदालतले बालयौन दुरुपयोगजस्तो जघन्य अपराधमा पुरानो कानुनमा टेकेर बम्जनलाई सफाइ दिएको मात्र होइन, उनीविरुद्धको अभियोगपत्रै नै खारेज हुने फैसला गरेको छ। ‘जिल्ला अदालतको फैसला गलत कानुन र मान्यतामा आधारित देखिएकाले फैसलाको औचित्यमा विचार हुनुपर्ने अवस्था रहेन। त्यस आधारमा उक्त फैसला बदर हुने र हदम्यादविहीन अभियोगपत्र नै खारेज हुने अवस्थाको विद्यमानता देखियो,’  फैसलामा भनिएको छ।

बम्जनविरुद्ध बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गतका सम्बद्ध कसुरअनुसार र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ग) बमोजिम सजायको माग गर्दै जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण’ मुद्दा दर्ता भई कसुर ठहरसमेत भएको थियो। पीडित बालिकाका तर्फबाट २०७६ माघ २३ मा जाहेरी दरखास्त दर्ता भएको थियो।

जिल्ला अदालतको ठहर

२०८१ असार १७ मा सर्लाही जिल्ला अदालतले बम्जनले कानुनले जघन्य कसुर मानेको बालयौन दुरुपयोगको कसुर गरेको ठहर गर्दै उनलाई १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ भराउने आदेश गरेको थियो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनविरुद्धको मुद्दामा ‘आफू बुद्ध भगवान्को अवतार हुुँ’ भनी बुद्धको ज्ञान दर्शन बाँडिरहेको अवस्थामा आफैंले प्रचलित कानुनले जघन्य कसुर मानेको बालयौन दुरुपयोगको कसुर गरेको...’ ठहर गरेको थियो। बम्जनले यौन सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले बालयौन शोषण गरेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको ठहर अदालतले गरेको थियो। जिल्ला अदालतले बालबालिका ऐन २०७५ दफा ६६ (३) (छ) र (ज) अनुसारको कसुर बम्जनले गरेको ठहर गरेको थियो।

जिल्ला अदालतको यही फैसलाविरुद्ध बम्जनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दर्ता गरेका थिए। उच्च अदालत जनकपुरले बम्जनको पक्षमा फैसला गरेको हो।

उच्च अदालत जनकपुरको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ। ‘पुरानो कानुनमा टेकेर गरिएको फैसलाले हामी पनि अचम्ममा छौं,’ एक सरकारी वकिलले भने, ‘हामी सर्वोच्च अदालतमा पुनरावेदन त गर्छौं। अहिलेको मुलुकी अपराध संहिताअनुसार नै फैसला हुनुपर्ने हो। जबरजस्ती करणीसम्बन्धी कानुनमा बालबालिकाको हकमा १८ वर्ष पुगेपछि पनि तीन वर्ष हदम्याद हुने व्यवस्था छ।’

अर्कोतिर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ। ‘सर्लाही जिल्ला अदालतले २०८१ असार १७ गते गरेको फैसला नमिलेकाले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’ उच्च अदालत जनकपुरको फैसलामा भनिएको छ, ‘मुद्दाको वारदात मिति २०७३ साउन २० मा भई सो वारदात हुँदाको अवस्थामा जबर्जस्ती करणीको कसुरका लागि ६ महिना हदम्याद रहेको देखियो।’

तत्कालीन बालबालिका ऐन, २०४८ मा १६ वर्ष पुगेपछि बालिग हुने व्यवस्था थियो। सोहीअनुसार पीडित बालिका २०७४ असार १९ मा १६ वर्ष पुगिसकेको देखिएको फैसलामा उल्लेख छ। पीडित बालिकाका तर्फबाट २०७३ माघ २३ मा जाहेरी परेको थियो। जाहेरीका आधारमा अनुसन्धान भई २०७५ असोज २ देखि लागु भएको बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) को खण्ड (छ) र (ज) बमोजिमको कसुर कायम गरी २०७७ असार १८ मा बम्जनविरुद्ध अभियोगपत्र दर्ता भएको थियो।

‘हदम्यादविहीन जाहेरीका आधारमा अनुसन्धान गरी दायर भएको अभियोगका आधारमा पुनरावेदक प्रतिवादीलाई कसुरदार कायम गरी सजाय हुने ठहर गरेको सुरु सर्लाही अदालतको २०८१ असार १० र १७ को फैसला नमिलेकाले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’ उच्च अदालत जनकपुरको फैसलामा भनिएको छ, ‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ। वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन।’

आफूलाई ‘लिटिल बुद्ध’, ‘तपस्वी’ नामबाट चिनाउने बम्जन २०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा आश्रममा बसेर चर्चामा आएका थिए। सिन्धुलीमा तीन महिना बसेर सर्लाहीको पथरकोट गएका बम्जन २०७४ असोजदेखि फेरि सिन्धुलीमै आश्रम बनाएर बसेका थिए।

बम्जनलाई हत्या, बलात्कार, आनीहरूलाई बेपत्ता पारेको आरोप लागेको थियो। उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार भएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई २०८० पुस २३ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतको आदेशमा बम्जन २०८० पुस २६ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए। जिल्ला अदालतले बालयौन शोषण मुद्दामा कसुरदार ठहर गरेपछि जेलमा रहेका बम्जन उच्च अदालतले सफाइ दिएलगत्तै छुटेका छन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस