के गर्दैछन् वामदेव गौतम ?
०५ वैशाख २०८२
•
४ मिनेट पाठ
के गर्दैछन् वामदेव गौतम ?
२०७५ जेठमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ०७७ सालमा तितरबितर हुँदा नेता वामदेव गौतमले हदैसम्म प्रयास गरेका थिए, नेकपा नफुटोस् भनेर। तर, उनी सफल भएनन्। अन्तत: नेकपा फुट्यो र एमाले-माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किए।




एमाले र माओवादी केन्द्र कुनै कित्तामा नउभिएका वामदेवले पुन: एकताका लागि 'नेकपा एकता अभियान' गठन गरे। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग संवाद गरे। तर, नेकपा एकता हुन सकेन। त्यो अहिलेसम्म पनि हुन सकेको छैन।

वामदेवले नेकपा एकताका लागि प्रयास गरेको पाँच वर्ष भइसकेको छ। यहाँसम्म आउँदा उनले पनि थाहा पाइसकेका छन् कि अब तत्कालीन नेकपा पुन: एकता हुन गाह्रो छ। यसपछि उनले त्यो अभियानलाई पार्टीमा बदले, निर्वाचन आयोगमा दर्ता गरे र एमाले वा एमालेबाटै बनेको एकीकृत समाजवादीसँग एकताका लागि प्रयास गरे। तर, उनले सोचेअनुरूप पार्टी एकता हुन सकेको छैन।

अभियान पार्टीका रूपमा दर्ता भएपछि उनले सम्भव भए एमाले, एमालेसँग सम्भव नभए एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने प्रयास गरे। तर, त्यो सम्भव भएको छैन। पछिल्लो पटक उनले एकीकृत समाजवादीसँग एकताका लागि अन्तिम चाल्दै थिए। प्रक्रिया अन्तिममा पुग्दै थियो, ठीक त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए र एमालेसँग एकता गर्न सुझाव दिए।

ढुङ्गा खोजिरहेका वामदेवलाई देउवा मिलेझैँ भयो, त्यसपछि बीचैमा हिँडेका उनी एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा जोडिएनन्। उनलाई लागेको थियो, एमालेसँग पार्टी एकता हुने भयो । तर, पछि आएर एकता भएन। अहिलेसम्म एमालेले पार्टी एकताका लागि एउटा छलफलसमेत आह्वान गरेको छैन। पछि मात्रै वामदेवले थाहा पाए कि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया भाँड्न मात्रै एकताको 'ललिपप' देखाएका रहेछन्।

कथा यहाँसम्म पुग्दा यता एकीकृत समाजवादी पनि भड्किसकेको थियो। उसले भन्यो कि 'अब वामदेवसँग कुनै सर्त बिना एकता हुँदैन'। यसपछि वामदेव यता न उताका भए। एमाले र एकीकृत समाजवादीसँग एकता गर्न नसकेका उनी अहिले पनि यता न उताकै अवस्थामा छन्।

यसबीचमा आफ्नै पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने सोचसमेत बनाए। तर, बहुसङ्ख्यक पार्टीका नेताहरूले त्यसो नगर्न सुझाव दिए। यसपछि यतिकै समय काटिरहेका उनले शुक्रबार (आज) नागरिकसँग भने, 'पार्टी अगाडि बढाउने सोच छैन। भन्ने नै हो भने छुट्टै पार्टीका रूपमा अगाडि बढ्ने रहर नै पनि छैन।'

एकीकृत समाजवादीसँग पुन: वार्ता

वामदेवका अनुसार अहिले पुन: एकीकृत समाजवादीसँगै पार्टी एकताका लागि वार्ता भइरहेको छ। एमालेले एकताका लागि नबोलाउने 'कन्फर्म' भएको उल्लेख गर्दै उनले भने, 'फेरि एकीकृत समाजवादीसँगै संवाद सुरु भएको छ। विभिन्न तहमा वार्ता हुँदैछन्। अहिल्यै टुङ्गिएको छैन। आवश्यक परे म र माधव नेपालजी भेटिहाल्ने छौँ।'

वामदेव गौतम र माधव नेपाल।
त्यसो त एकीकृत समाजवादीले 'अटेर' गरिरहेको छ। पहिले अन्तिम चरणमा पुगेको एकता प्रक्रियालाई बीचैमा छाडेर हिँडेको भन्दै एकीकृत समाजवादीले वामदेवसँग वार्ता गर्न अटेर गरिरहेको हो। तर, डीबी कार्कीलगायतका नेताहरूले विभिन्न तहमा वार्ता पुन: अगाडि बढाएका छन्।

उनले जे-जसरी भए पनि पार्टी एकताकै दिशामा अगाडि बढ्ने वामदेवले बताएका छन्। 'छुट्टै पार्टीका रूपमा अगाडि नजाने नै भन्ने छ। जाँदैनौँ, पार्टी एकताकै लागि प्रयास गर्ने हो,' उनले भने।

त्यसो त वामदेवले एमाले, एकीकृत समाजवादीसँग मात्रै नभई माओवादी केन्द्रसम्मका दलसँग वार्ता गरेका हुन्। तर, एकताको तहमा भने कुनै पनि दलसँग मिलेनन्। माओवादी केन्द्रले 'रिजेक्ट' गरेपछि एमाले र एमालेले अस्वीकार गरेपछि एकीकृत समाजवादीसँग एकताका लागि प्रयास गरेको बताइन्छ। अझै पनि सबै दलसँगको एकता-वार्तालाई निरन्तर राख्ने पार्टीको नीति रहेको वामदेव बताउँछन्।

एमालेले पत्याएन

वामदेवलाई एमालेले पत्याएन। अध्यक्ष केपी शर्मा ओलीले 'एकताका लागि तयार रहनू' भने पनि पछि उनले केही तदारुकता नै देखाएनन्। बोलाउँछन्, बोलाउँछन् भनेर आशामा रहेका वामदेवलाई ओलीले अहिलेसम्म बोलाएका छैनन्। 

वामदेव गौतम र केपी शर्मा ओली।
एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा रहेका वामदेवलाई ठूलै आशा देखाएर रोकेका ओलीले पछि पुन: एमाले नत्याग्ने 'ग्यारेन्टी' खोज्न थाले। त्यसो त वामदेव दुईपटक एमाले त्यागेका नेता हुन्। त्यही विषय देखाउँदै ओलीले सचिवालय बैठक नै राखेर वामदेवले पुन: एमाले नत्याग्ने ग्यारेन्टी देखाउन भने।

यसबीचमा वामदेव-ओलीका बीचमा पर्याप्त संवादसमेत भएन। विषय यतिकै सेलायो, अन्तत: वामदेव ओलीको 'जार्गन'मा फसे। त्यसपछिको नागरिकसँगको संवादमा उनले भनेका थिए, 'ओलीजीले मलाई यता न उताको बनाइदिनुभयो। अब के गर्ने गर्ने।'

जे होस्, वामदेव एक्लै पार्टी अगाडि नबढाउने निष्कर्षमा पुगेका छन्। उनको जोड एकता नै रहनेछ।
अर्को समाचार
कुलमानबारे सोधिएको प्रश्नमा वामदेवको जवाफ: अरुलाई दु:ख पर्दा आनन्द महसुस गर्ने व्यक्ति 'राक्षस' हुन्
०७ जेष्ठ २०८२
•
१ मिनेट पाठ
कुलमानबारे सोधिएको प्रश्नमा वामदेवको जवाफ: अरुलाई दु:ख पर्दा आनन्द महसुस गर्ने व्यक्ति 'राक्षस' हुन्
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सरकारले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी कुलमान घिसिङ हटाएर नहुने काम गरेको बताएका छन्।




बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन्।

'सरकार जुन बाटो हिँडेको छ, त्यो सत्य बाटो होइन। कुनै पनि कर्मचारी, कुनै पनि व्यक्तिलाई यति समयको लागि भनेर नियुक्त गर्ने र बीचमा अपमान गरेरचाहिँ हटाउने, यस्तो किसिमको काम गर्नुहुन्न। अरु व्यक्तिले दु:ख पाउँदाखेरि आफूले आनन्द महसुस गर्ने मानिस मानिस होइन, त्यो राक्षस हो,' उनले भने।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस