जनमत-नागरिक एकीकरण : अध्यक्षमा अड्कियो कुरा, को-को आकांक्षी ?
२३ चैत्र २०८१
•
२ मिनेट पाठ
जनमत-नागरिक एकीकरण : अध्यक्षमा अड्कियो कुरा, को-को आकांक्षी ?
नागरिक उन्मुक्ति  र जनमत पाटीको पहिलो कार्यदलको बैठक पटक पटक निष्कर्षविहीन बन्दै गएको छ । गुलरियास्थित नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको बन्द रहेको फूलबारी एफएमको कार्यालयमा चार घन्टा लामो बैठक एकीकृत पार्टीको अध्यक्षमा को बस्ने भन्ने विषयमा सहमती हुन नसकेपछि निष्कर्षविहीन बन्न पुगेको हो ।




सिके राउत र रेशम चौधरीबीच गुलरियाको छलफलमा सहमती नभएपछि आइतबार नै पुनः मधुवन अमरपुरमा बैठक डाकिएको थियो । अमरपुरमा कार्यदलका दुई पाटीका तीन–तीन जना नेता सहभागी थिए । बर्दियाको अमरपुरमा  बसेको बैठक फेरि निष्कर्षविहीन बनेको छ । 

कार्यदलको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ भने सहभागी भइनन् । कार्यदलको पहिलो एजेन्डामा नयाँ बन्ने पार्टीमा अध्यक्षमा राउत, सह-अध्यक्ष रन्जिता श्रेष्ठ, पाटीको संरक्षक चौधरीको नै रहने प्रस्तावमा कार्यदल बैठकमा छलफल भइरहँदा सहमती हुन नसकेको कुरा बाहिर आएको हो ।

बाँकेको गाभर होमस्टे हुँदै बर्दियाको गुलरियामा बसिरहेको बैठकबाट दस्ताबेजको अन्तिम तयारी भइरहेको नेताहरुको दाबी छ । यद्यपि सहमतिका लागि भन्दै बैठकस्थल भने बारम्बार परिवर्तन भइरहनुले हैरान बनेको नेताहरु स्वयं बताउँछन् ।  पार्टी अध्यक्ष लगायतको पदाधिकारी बारेमा एकमत हुन नसक्दा दिनदिनै वार्तास्थल भने एक ठाउँबाट अर्को ठाउँमा सार्नु परेको पार्टी स्रोतको दाबी छ । 

‘बैठक निष्कर्षविहीन हुनुको मुख्य कुरा भनेको अध्यक्ष पदका लागि हारालुछ हो,’ पाटी स्रोतले भन्यो,‘ अरु कुरा त मिले जस्तो छ, अध्यक्षमा दुबै पार्टीको दाबी छ ।’ दुबै पक्षका नेताले कार्यदल बैठकले निष्कर्ष निकालेको दाबी गरिरहेका छन् ।

जनमतका अध्यक्ष सिके राउतले कार्यदल बैठकको निष्कर्ष निस्किसकेको बताएका छन् भने नागरिक उन्मुक्तिका संरक्षक  रेशमलालले कार्यदल बैठकको विषयमा जानकारी लिन खोज्दा आलटाल कुरा गरिरहेका छन् ।

बैशाख १५ सम्म पार्टी एकीकरण घोषणा तयारी गरिरहे पनि बैठकले अन्तिम टुगों लगाउन सकिरहेको छैन । केन्द्रीय समितिले अनुमोदन गरेपछि कार्यदलको बैठकले निकालेको एकीकरण दस्तावेज प्रमाणीकरण गर्नेछ । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ र रेशमलाल बीचको सम्बन्ध चिसो भएको कारण अन्ततः यो एकीकरणको प्रयास तुहिने होकि भन्ने आशंका पनि कार्यकर्तामा उत्तिकै छ । 
अर्को समाचार
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
१२ असार २०८२
•
१ मिनेट पाठ
जनमतकै सरकारको बजेटसँग सिकेको विमति, मुख्यमन्त्रीले निर्देशन नमानेको आरोप
मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा छ। जनमत पार्टीकै सांसद सतिशकुमार सिंह मुख्यमन्त्री छन्। तर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस सरकारले ल्याएको बजेटमा स्वयं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि जनाएका छन्। 




राउतले बजेट जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरेर आएको भन्दै गम्भीर असन्तोष प्रकट गरिरहेका छन्। राउतले बिचौलिया र अन्य पार्टीमार्फत आएका कार्यक्रममा बढी बजेट र जनमत पार्टीले प्रत्यक्ष जनतासँग संवाद गरेर आएका योजनामा कम बजेट परेको भन्दै असन्तुष्टि जनाइरहेको उनको सचिवालयले जनाएको छ। 

राउतको असन्तुष्टि त्यत्तिमा सीमित छैन। उनले आफ्नो निर्वाचन क्षेत्र सप्तरी–२का योजनाहरूलाई बेवास्ता गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाएका छन्।

राउतले मधेस सरकारले गरेका राजनीतिक नियुक्तिमा पनि असन्तुष्ट रहेको स्रोतले बतायो। विशेष गरी मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। 

मुख्यमन्त्री सिंहले पार्टीको निर्देशनको पनि अवमूल्यन गरेकामा राउतको चित्त दुखाई छ। यस विषयमा राउतले पार्टीको संसदीय दल र सचिवालयमा छलफल गरिरहेका छन्।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस