नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरेका छन्।
गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला जनताले मात्रै गर्ने उनको भनाइ छ। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको जिकिर गरे।
आफूहरूबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको उनले बताए। ‘हामीले भनिराख्या छौं, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौं, आत्मालोचना गर्छौं भनेका छौं, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरूले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलोमैलो भयौं, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ।’
जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरुलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नगर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे।
‘झण्डै ७० वर्ष देखी जनताले लडेर बनाएको संविधान हो, यसलाई बचाउने जिम्मा हाम्रो हो,’ उनले भने ‘पहिला संविधानको समीक्षा गरौँ, दश वर्षमा संविधानले के दियो के दिएन, कार्यान्वयनमा कमजोरी कहाँ भयो ? लोकतन्त्रलाई अझै सुदृढ गर्ने गरी संविधान संशोधन गरौँ।’
संविधान निर्माण गर्दा त्यति बेलै केहीले संविधान नबनोस् भन्ने चाहेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यो संविधान नचाहने ‘प्रतिक्रियावादी’ शक्ति नै भित्री रुपमा व्यवस्था उल्ट्याउने षडयन्त्रमा लागेको संकेत गरे।
गणतन्त्रबारे जनतामा सचेतना जगाउन र तल्लो स्तरका जनताको समस्या बुझ्न माओवादीले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ सञ्चालन गरेको सुनाए।
‘हामी राजावादीलाई काउन्टर अट्याक गर्न आएका होइनौँ, जनताका कुरालाई सुन्न आएका हौं,’ अध्यक्ष दाहालले भने ‘यो अभियानका क्रममा हामीले सकेसम्म दुःख पाएका जनताका घरमा बस्ने कोसिस गरेका छौं, जनताको घरमा बसेर उनीहरुले जे खान्छन्, त्यही खाएर उनीहरुलाई सान्त्वना दिन्छौँ।’
राजावादीको आन्दोलनका कारण बीचमा रोकिएको माओवादीको अभियान बाँकेबाट पुनः सुरु भएको उनले जानकारी दिए।
‘अहिले नै निरङ्कुशतन्त्र आउने स्थिति छैन’
यसैबिच प्रेस सेन्टर नेपाल बाँकेले बिहीबार नै आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टिने र निरङ्कुशतन्त्र आउने स्थिति नरहेको बताए।
नेपालगन्जमा बिहीबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहाल । तस्बिर: अर्जुन ओली/नागरिक तर लोकतन्त्र र गणतन्त्र मास्न विभिन्न ‘प्रतिक्रियावादी’ षडयन्त्र भइरहेको उनले प्रष्ट्याए। ‘जनता सबै सचेत हुनुपर्ने अवस्था छ, सच्चा गणतन्त्रवादी र लोकतन्त्रवादी सचेत हुनुपर्ने अवस्था छ,’ उनले भने ‘संविधान बनाउने बेला देखी नै एकथरी तत्त्वहरू छन्, जसले समावेशिता, समानुपातिकता, सङ्घीयता र गणतन्त्र मन पराएका छैनन्, उनीहरुले कुनै न कुनै रुपले प्रहार गर्न खोजेका छन्, आत्तिनुपर्ने स्थिति त होइन, तर सर्तक भइएन र जनतालाई सचेत बनाइएन भने नराम्रो स्थिति पनि हुन सक्छ।’
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।
‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।
प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।
बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’
विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...