तीनकुने घटना आपराधिक मानसिकताको उपज : उपेन्द्र यादव
१७ चैत्र २०८१
•
१ मिनेट पाठ
तीनकुने घटना आपराधिक मानसिकताको उपज : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तीनकुने घटना आपराधिक भएको बताएका छन् । लोकतन्त्रमा सबैले आआफ्नो विचार राख्न र बोल्न पाउने भएता पनि शुक्रबारको घटना अपराध गर्ने मानसिकताबाट ग्रसित भएको उनको भनाई थियो ।




भक्तपुरमा सञ्चारकर्मीसँग अध्यक्ष यादवले भने, 'राजतन्त्र फर्काउने नाममा १५ गते काठमाडौको तीनकुनेमा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यसदिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।'  

हरेक परिवर्तनसँगै नेपालीले व्यवस्था बदले पनि अवस्था परिवर्तन गर्नेतर्फ राजनीतिक दलहरु नलागेकाले आक्रोश बढेको यादवले बताए । सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ ।

अध्यक्ष यादवले ३५ वर्षदेखि सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरुले जनतालाई के दिए ? किन जनताको दलहरुप्रति आक्रोश बढिरहेको छ ? भन्नेबारे आत्म अध्ययन र समीक्षा गर्न नसके देशमा ठूलो दुर्घटना हुने दाबी गरे । एकात्मक राज्यव्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा एकात्मक शासन र हिन्दु राज्यसहितका राजतन्त्र स्थापना गर्ने भन्दै सल्बलाउनुको पछि पनि राजनीतिक दलहरुकै कमजोर उपस्थिति रहेकोयादवको दाबी थियो । 
अर्को समाचार
सरकारसँग बिच्किँदै साना दल
१९ असार २०८२
•
३ मिनेट पाठ
सरकारसँग बिच्किँदै साना दल
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिश्रित झन्डै दुईतिहाइको सरकारसँग साना दल बिच्किँदै गएका छन्।




गत वर्षको असार ३० गते गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस-एमालेका अलवा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मिसिएका छन्।

तर, सरकार गठनको एक वर्ष बित्दा-नबित्दै जसपा नेपाल र नागरिक उन्मुक्ति चिढिएका छन् र सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेका छन्। नागरिक उन्मुक्तिले बिहीबार (आज) मात्रै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने घोषणा गरिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका पार्टीका सांसद रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि चिढिएको नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट पनि बाहिरिने घोषणा गरेको हो।

यो पनि पढ्नुहोस्

'जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो, संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो'

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले २३ गतेको सदनबाट आफूहरू प्रतिपक्षमा बस्ने बताइन्। ‘हामी २३ गतेको सदनबाट प्रतिपक्षमा बस्छौँ,’ अध्यक्ष श्रेष्ठले नागरिकसँग भनिन्, ‘सङ्घ र प्रदेश दुबैतिर प्रतिपक्षमा बस्नेछौँ अब।’ उनले सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका पार्टीका सांसद अरूणकुमार चौधरीले राजीनामा दिने बताइन्। ‘अहिले प्रधानमन्त्रीज्यू बाहिर हुनुहुन्छ। उहाँ फर्किनुभएपछि मन्त्रीले राजीनामा दिनुहुन्छ। त्यसपछि हामी सरकारबाट बाहिरिन्छौँ,’ उनले भनिन्।

जसपा नेपाल पनि समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेको छ। गत असार ७ र ८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्णत: असफल भइसकेको र अब समर्थन गरिरहनुको कुनै औचित्य नरहेको निष्कर्ष निकालिसकेको छ। उक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गर्नका लागि पार्टीको संसदीय दललाई निर्देशन दिइसकेको छ। अब निर्देशनअनुसार चाँडै निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

चन्द्रकान्त राउत, रञ्जिता श्रेष्ठ र उपेन्द्र यादव।
उनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको तर, आधिकारिक निर्णय गर्न मात्रै बाँकी रहेको बताएका छन्। 'पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो। अब सङ्घीय सरकारलाई दिएको समर्थन पनि छिट्टै फिर्ता लिनुपर्छ भन्ने हो,' बस्नेतलेनागरिकसँग भने, 'समर्थन फिर्ता लिइसकिएको जस्तो हो। संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो।'

जसपा नेपालले सरकार संविधान संशोधन, सुशासन कायम र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको छ। त्यसैले समर्थन गरेर बस्नुको कुनै औचित्य नरहेको जसपा नेपालको तर्क छ।

यो पनि पढ्नुहोस्

राजीनामा दिँदै मन्त्री चौधरी, प्रतिपक्षमा बस्ने नागरिक उन्मुक्तिको घोषणा

यता जनमत पार्टी पनि सरकारसँग सन्तुष्ट छैन। मधेस प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर जनमत सङ्घीय सत्ता गठबन्धनसँग रुष्ट बनेको छ। प्रदेश सरकार जनमतकै नेतृत्वमा छ, पार्टीका सांसद शतिसकुमार सिंह मुख्यमन्त्री छन्। तर, बजेट मुख्यमन्त्री सिंहलाई नै ‘बाइपास’ गरेर ल्याएको आरोप जनमतको छ। अर्थमन्त्री कांग्रेसका सुनीलकुमार यादव छन्। उनले मुख्यमन्त्री सिंहलाई नै बाइपास गरेर बजेट ल्याएको आरोप जनमतको छ।

यही विषयलाई देखाएर जनमतले समर्थन फिर्ता लिनेसम्मको निर्णय गर्नसक्ने बताइन्छ। प्रवक्ता डा. शरदसिंह यादवले भने अहिल्यै त्यस्तो निर्णय नभइसकेको तर, यसबारे थप छलफल तथा समीक्षा हुने बताएका छन्। जसपा नेपाल र नागरिक उन्मुक्ति जस्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने घोषणा त गरिसकेको छैन तर, सरकारसँग सन्तुष्ट छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस