नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादीहरूलाई चेतावनी दिएको छ।
उनीहरूले भनेका छन्, 'क्रिया भए प्रतिक्रिया हुन्छ।' बिहीबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर १० बुँदे विज्ञप्ति जारी गर्दै समितिले यसो भनेको हो।
'नेपाली समाजले अब थप द्वन्द्व, मुठभेड, तोडफोड आगजनी र आमहड्ताल, ध्वंसात्मक हिंसा-प्रतिहिंसा र गृहकलह धान्न वा सहन गर्न नसक्ने धरातलीय यथार्थप्रति संवेदनशील भएर हामीले अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजेका छौँ। तर, विज्ञानको नियमअनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै। यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणामअनुकूल नहुन सक्छ,' त्यहाँ भनिएको छ।
त्यसैले आफूहरूको माग शान्तिपूर्ण ढङ्गबाटै पूरा गर्न समितिले भनेको छ। 'त्यसैले हाम्रो पहिलो प्राथमिकता राजसंस्था पुनर्स्थापना गरेर सर्वपक्षीय सम्मेलनबाट सहमतिको बाटोमा अघि बढ्न सकियोस् भन्ने रहेको छ,' समितिले भनेको छ।