उत्पीडितहरूको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध छ : अध्यक्ष यादव
१० चैत्र २०८१
•
२ मिनेट पाठ
उत्पीडितहरूको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। निजी सचिव महेश चौरासियामार्फत विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।




'जनता समाजवादी पार्टी, नेपालको मधेशी, दलित, मुश्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सङ्घर्ष गर्दै आएको इतिहास साक्षी छ,' विज्ञप्तिमा भनिएको छ, 'र, सम्पूर्ण उत्पीडित जात-जातिको अधिकारका लागि जसपा नेपाल सदैव प्रतिबद्ध रहेको छ।'

दलित अधिकारकर्मी खगेन्द्र सुनारले अध्यक्ष यादव र पार्टीप्रति अनावश्यक लाञ्छना लगाएको आरोप विज्ञप्तिमा छ। यो क्षणिक लाभका लागि गरिएको त्यहाँ भनिएको छ।

'क्षणिक लाभका लागि सामाजिक सद्भाव र सहिष्णुता भाँड्ने, व्यक्ति र सङ्गठनको चरित्र हत्या गर्ने तथा समाजमा एक आपसमा घृणा फैलाउने उद्देश्यले प्रेरित भई नियोजित ढंगले प्रचार गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त प्रायोजित र मिथ्या आरोपमा कुनै सत्यता नरहेकोले यस्ता आरोपको हामी खण्डन गर्दछौँ।' आरोप पुष्टि गर्न चुनौतीसमेत विज्ञप्तिमार्फत दिइएको छ। 

यसअघि सिराहाको औरही गाउँपालिकामा महायज्ञ लगाउन भनेर दलितको घर भत्काएको आरोप लागेकाहरूलाई रिहा गर्न जसपा नेपालले माग गरेको थियो। आइतबार (हिजो) जसपा नेपालका सिराहा अध्यक्ष अशोककुमार यादवसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई  ज्ञापनपत्र बुझाउँदै पालिका अध्यक्षसहित प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा गर्न माग गरेका थिए।

यसपछि दलित अधिकारकर्मी खगेन्द्र सुनारले 'दलितलाई छोएर देखाऊ' भन्दै चुनौती दिएका थिए। उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सिरहाका गापा अध्यक्ष शिवजी यादवलाई रिहा नगरे दलित बस्तीमा आगो लगाउने धम्की दिएको छ।

यसपछि अध्यक्ष यादवको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै त्यो पुष्टि गर्न चुनौती दिएको हो।

अर्को समाचार
सरकारसँग बिच्किँदै साना दल
१९ असार २०८२
•
३ मिनेट पाठ
सरकारसँग बिच्किँदै साना दल
संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिश्रित झन्डै दुईतिहाइको सरकारसँग साना दल बिच्किँदै गएका छन्।




गत वर्षको असार ३० गते गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस-एमालेका अलवा जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मिसिएका छन्।

तर, सरकार गठनको एक वर्ष बित्दा-नबित्दै जसपा नेपाल र नागरिक उन्मुक्ति चिढिएका छन् र सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेका छन्। नागरिक उन्मुक्तिले बिहीबार (आज) मात्रै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने घोषणा गरिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका पार्टीका सांसद रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि चिढिएको नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट पनि बाहिरिने घोषणा गरेको हो।

यो पनि पढ्नुहोस्

'जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो, संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो'

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले २३ गतेको सदनबाट आफूहरू प्रतिपक्षमा बस्ने बताइन्। ‘हामी २३ गतेको सदनबाट प्रतिपक्षमा बस्छौँ,’ अध्यक्ष श्रेष्ठले नागरिकसँग भनिन्, ‘सङ्घ र प्रदेश दुबैतिर प्रतिपक्षमा बस्नेछौँ अब।’ उनले सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका पार्टीका सांसद अरूणकुमार चौधरीले राजीनामा दिने बताइन्। ‘अहिले प्रधानमन्त्रीज्यू बाहिर हुनुहुन्छ। उहाँ फर्किनुभएपछि मन्त्रीले राजीनामा दिनुहुन्छ। त्यसपछि हामी सरकारबाट बाहिरिन्छौँ,’ उनले भनिन्।

जसपा नेपाल पनि समर्थन फिर्ता लिने निष्कर्षमा पुगिसकेको छ। गत असार ७ र ८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्णत: असफल भइसकेको र अब समर्थन गरिरहनुको कुनै औचित्य नरहेको निष्कर्ष निकालिसकेको छ। उक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गर्नका लागि पार्टीको संसदीय दललाई निर्देशन दिइसकेको छ। अब निर्देशनअनुसार चाँडै निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

चन्द्रकान्त राउत, रञ्जिता श्रेष्ठ र उपेन्द्र यादव।
उनले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको तर, आधिकारिक निर्णय गर्न मात्रै बाँकी रहेको बताएका छन्। 'पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो। अब सङ्घीय सरकारलाई दिएको समर्थन पनि छिट्टै फिर्ता लिनुपर्छ भन्ने हो,' बस्नेतलेनागरिकसँग भने, 'समर्थन फिर्ता लिइसकिएको जस्तो हो। संसदीय दलले आधिकारिक निर्णय गर्न मात्रै बाँकी हो।'

जसपा नेपालले सरकार संविधान संशोधन, सुशासन कायम र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणमा असफल भएको निष्कर्ष निकालेको छ। त्यसैले समर्थन गरेर बस्नुको कुनै औचित्य नरहेको जसपा नेपालको तर्क छ।

यो पनि पढ्नुहोस्

राजीनामा दिँदै मन्त्री चौधरी, प्रतिपक्षमा बस्ने नागरिक उन्मुक्तिको घोषणा

यता जनमत पार्टी पनि सरकारसँग सन्तुष्ट छैन। मधेस प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर जनमत सङ्घीय सत्ता गठबन्धनसँग रुष्ट बनेको छ। प्रदेश सरकार जनमतकै नेतृत्वमा छ, पार्टीका सांसद शतिसकुमार सिंह मुख्यमन्त्री छन्। तर, बजेट मुख्यमन्त्री सिंहलाई नै ‘बाइपास’ गरेर ल्याएको आरोप जनमतको छ। अर्थमन्त्री कांग्रेसका सुनीलकुमार यादव छन्। उनले मुख्यमन्त्री सिंहलाई नै बाइपास गरेर बजेट ल्याएको आरोप जनमतको छ।

यही विषयलाई देखाएर जनमतले समर्थन फिर्ता लिनेसम्मको निर्णय गर्नसक्ने बताइन्छ। प्रवक्ता डा. शरदसिंह यादवले भने अहिल्यै त्यस्तो निर्णय नभइसकेको तर, यसबारे थप छलफल तथा समीक्षा हुने बताएका छन्। जसपा नेपाल र नागरिक उन्मुक्ति जस्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने घोषणा त गरिसकेको छैन तर, सरकारसँग सन्तुष्ट छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस