पश्चिमाञ्चलको मूल गेटमा ताला, तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान
०४ चैत्र २०८१
•
२ मिनेट पाठ
पश्चिमाञ्चलको मूल गेटमा ताला, तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान
नेपाल विद्यार्थी संघ संस्थापन इतर पक्षको अवरोधको बाबजुद इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । सचिव पदमा उम्मेदवारी दिन पाउनुपर्ने भन्दै अनसनसहित गेटमा तालाबन्दी गरेर नेविसंघले पु¥याईरहेको अवरोधका बाबजुद मतदान जारी राखिएको हो ।




मूल गेटमा ताला लगाए पनि क्याम्पसको तल्लो गेटबाट विद्यार्थीलाई प्रवेश गराएर मतदान भइरहेको छ । क्याम्पस भित्र छात्रावासमा बसेका विद्यार्थीहरूले बिहानैदेखि मतदान गरेपनि गेट बाहिर रहेकाले दिउँसो २ बजेपछि मात्रै मतदान गर्न पाएका हुन् ।

यसअघि नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरेको थियो भने चुनावको दिन मंगलबार बिहानदेखि मूल गेटमा ताला पनि लगाएको थियो । नेविसंघ कास्कीका उपसभापति चुमान गुरुङ नेतृत्वको समूहले आफूहरूलाई सचिवमा उम्मेदवारी दिनबाट रोकिएको भन्दै चुनाव हुन नदिने अडान राखेको थियो । उनीहरुले गेटमा बसेर विद्यार्थीलाई धम्क्याउँदै मतदानमा सहभागी नहुन चेतावनी दिनुका साथै जबरजस्ती प्रवेश गर्न खोज्नेलाई धकेलाधकेलसमेत गरेको थियो ।

नेविसंघको सो आन्दोलनमा संस्थापन समूह मानिने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल पक्षको असहमति छ । सो समूहले अनेरास्ववियुलाई सहयोग गर्ने वचन दिएअनुरूप सचिव छाडेको थियो । सो समूहले सचिवको उम्मेदवारी दर्ता नगरी चुनाव गर्न सहमति दिएपछि क्याम्पस प्रशासन चुनाव गराउन तयार भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतराज पाण्डेलेपनि कडा सुरक्षा व्यवस्था मिलाएर चुनाव गराउन निर्देशन दिएपछि दिउँसो २ बजेदेखि गेट बाहिर रहेका विद्यार्थीलाई दोश्रो गेटबाट भित्र प्रवेश गराएर चुनाव गराइएको हो ।

यसअघि आन्तरिक विवादका कारण नेविसंघले सचिव पदमा उम्मेदवारी दर्ता गराउन पाएको थिएन । नेविसंघले सौगात पण्डित सभापति, वसन्त जोशी सचिव र रस्मीताकुमारी झालाई कोषाध्यक्ष बनाएर निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा पक्षले सचिव पद आफ्नो समूहलाई नदिएको भन्दै मनोनयन पत्र नै च्यातिदिएको थियो । त्यसपछि नेविसंघ केन्द्रीय समितिले प्रशान्त उपाध्यायलाई सचिवको उम्मेदवार बनाउन भन्दै परिपत्र गरेपनि मनोनयनको समय घर्की सकेको भन्दै उम्मेदवारी दर्ता गर्नबाट वञ्चित भएको थियो । त्यसपछि शर्मा पक्षले कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले सचिवको टिकट बेचेको भन्दै रिले अनसन र चुनाव बिथोल्न खोजेको हो ।

२०७९ को चुनावमा नेपाल विद्यार्थी सङ्घकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा कुल २ हजार ४१ मतदाता रहेको क्याम्पसले जनाएको छ ।
अर्को समाचार
रारामा नेविसंघकी रावल विजयी
१७ चैत्र २०८१
•
१ मिनेट पाठ
रारामा नेविसंघकी रावल विजयी
मुगुको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन् । सोमबार सम्पन्न मतगणनामा रावलले ७२ मत प्राप्त गरिन् ।




निर्वाचन समितिका अनुसार १५४ मत खसेको थियो । रावलले ७२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी अनेरास्ववियूका रविन मल्लले ४८ मत प्राप्त गरे । 

यस्तै स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्लले १५ मत प्राप्त गरे ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस