पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको फेसबुक ह्याक भएको उनको सचिवालयले बताएको छ ।
पेज ह्याक गरी फेसबुकबाट भ्रामक टिप्पणी भइरहेको र पेजको सुरक्षाका लागि काम भइरहेको सचिवालयको भनाइ छ । सोमबारदेखि भट्टराईको आधिकारिक फेसबुकमार्फत विभिन्न आपत्तिजनक कमेन्टहरू आउने क्रम जारी रहेपछि सचिवालयले पेज ह्याक भएको र फिर्ता ल्याउने प्रयास भइरहेको जनाएको हो ।
सचिवालयले भनेको छ,'डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनोनिमस समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा। भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।'