नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्। वासु मावि कालीघाट व्यासी भक्तपुरको आयोजित ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रममा उनले राजतन्त्र फर्कने सम्भावना नरहेको उल्लेख गरे।
अध्यक्ष बिजुक्छेँले भने, 'प्रजातन्त्र प्राप्तपछि राजनीतिक दलले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ। तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कँदैन र फर्किन दिनु पनि हुन्न।'
प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरूले अपेक्षाअनुसारको काम गर्न नसकेको उनको भनाइ थियो।
वर्गीय रूपमा राजाहरू गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उनले बर्ता। अध्यक्ष बिजुक्छेँले राजनीतिक दलका नेताहरू आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान् भन्ने त्रासमा रहेको उल्लेख गरे।