प्रधानमन्त्रीले सम्बोधन गर्ने कोशी प्रदेशको बैठक प्रतिपक्षीले बहिस्कार गर्ने
२६ फागुन २०८१
•
२ मिनेट पाठ
प्रधानमन्त्रीले सम्बोधन गर्ने कोशी प्रदेशको बैठक प्रतिपक्षीले बहिस्कार गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको कोशी प्रदेशको फागुन २७ गतेको बैठक प्रतिपक्षी दलहरूले बहिस्कार गर्ने तयारी गरेका छन् ।




कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठक बहिस्कार गर्ने तयारी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङबोले प्रधान मन्त्रीले प्रदेशसभा बैठकमा सम्बोधन गर्नेबारे आफूहरूलाई जानकारी नै नदिइएका कारण माओवादी केन्द्रका सांसदहरू बैठकमा उपस्थित नहुने बताए । ‘विपक्षी सरकारको कारिन्दा हैन’उनले भने‘प्रधानमन्त्री आउने भन्ने बित्तिकै लुरुलुरु जाने ।’ आङ्बाले अहिलेकै अवस्थामा माओवादी केन्द्र मात्रै नभई अरु प्रतिपक्षी दलका सांसदहरू पनि बैठकमा उपस्थित नहुने दाबी गरे ।

यता नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले बहिस्कार नै गर्ने भन्ने नभए पनि अहिलेकै अवस्थामा उपस्थित नहुने सम्भावना रहेको बताए ।

राईले भने, ‘प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्नेबारे जानकारी नै नभएकाले हल्लाको भरमा गुरुरु कुदेर जाने कुरा आएन ।’ सरकार र  प्रदेशसभाले अहिले सम्म कुनै जानकारी नदिएका कारण अन्य काम नपरेको अवस्थामा उपस्थित हुन पनि सक्ने बताए । राईले प्रधानमन्त्री किन आउने भन्ने नै थाहा नभए पछि कसरी उपस्थित हुने भन्ने अन्योल भएको बताए । ‘प्रधानमन्त्री आएर हामीलाई गाली पो गर्नु हुने हो की, राप्रपाले राजाको समर्थनमा जुलुस निकालेको भनेर राप्रपाका सांसदलाई गाली पो गर्नु हुने हो की ’ उनले भने ‘ किन आउने भन्ने नै जानकारी नभए पछि सांसदहरू कसरी उपस्थित हुने त ?’

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू बोलाएर औपचारिक जानकारीसहित के विषयमा सम्बोधन गर्नेबारे प्रष्ट पारेको खण्डमा उपस्थित हुन पनि सकिने राईले स्पष्ट पारे । यता राप्रपाकी प्रमुख सचेतक सविना बजगाईँले प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभाको बैठकमा राप्रपाका सांसदहरू उपस्थित हुने स्पष्ट पारेकी छिन् । उनले संसदीय दलका नेता भक्तिप्रसाद सिटौला विशेष कामले काठमाडाैंमा भएकाले उपस्थित हुन नसक्ने भए पनि अरु सांसदहरू प्रदेशसभा बैठकमा उपस्थित हुने स्पष्ट पारिन् ।
अर्को समाचार
कोशीको नीति तथा कार्यक्रम : 'कृषक सबैभन्दा अगाडि' अभियान चलाउने, 'सुखी नेपाली, समृद्ध नेपाल'को आकाङ्क्षा पूरा गर्ने
०५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
कोशीको नीति तथा कार्यक्रम : 'कृषक सबैभन्दा अगाडि' अभियान चलाउने, 'सुखी नेपाली, समृद्ध नेपाल'को आकाङ्क्षा पूरा गर्ने
कोशी प्रदेश सरकारले 'कृषक सबैभन्दा अगाडि' अभियान सञ्चालन गर्ने भएको छ। सरकारले यसको घोषणा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमार्फत गरेको हो।




सोमबार (आज) प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ— कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्न अगुवा कृषकको पहिचान गरी सम्मान गरिनेछ। उद्यमशीलता जागृत गर्न 'कृषक सबैभन्दा अगाडि' भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषिक केन्द्रित अभियान सञ्चालन गरिनेछ।

यस्तै सरकारले 'सुखी नेपाली, समृद्ध नेपाल'को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने घोषणा गरेको छ। 'प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेश सरकारको दीर्घकालीन सोच स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण तथा 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।

यस्तै सरकारले शासकीय सुधार, सुशासन, नागरिकमैत्री सेवा प्रवाह, लगानीमैत्री वातावरण तयार पार्ने विषयलाई जोड दिएको छ। सुशासन प्रवर्द्धन तथा शासकीय सुधारमा जोड दिई प्रदेश केन्द्रित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने, मुख्यमन्त्री ड्यासबोर्डको सुधार गरी सञ्चालनमा ल्याउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवामा कार्यरत कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तीभरण कोषको स्थापना र सञ्चालन गर्ने, विद्युतीय अभिलेख केन्द्र स्थापना गर्ने, परियोजना विकासलाई लगानीमैत्री बनाउन एकल बिन्दु सेवा प्रणालीमार्फत सेवा प्रवाह गर्ने, ग्रीन इनर्जीको प्रयोग बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस