मेयरको कार्यकक्षमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको तालाबन्दी
२५ फागुन २०८१
•
३ मिनेट पाठ
मेयरको कार्यकक्षमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको तालाबन्दी
टीकापुर नगरपालिकाका प्रमुखको कार्यकक्षमा केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले शुक्रवार लगाएको ताला यथावत छ। कार्यवाहक नगरप्रमुख लालविर चौधरीले समन्वयको प्रयास भैरहेको बताएका छन्।




नगरप्रमुख रामलाल डगौरा थारू लाओसमा आयोजना हुने पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागिताका लागि शुक्रवार नै काठमाडौं हिँडेको मेयरको सचिवालय प्रमुख एलबी बुढाले जानकारी दिए। 

तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषि विकका साथै चारजना कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु बिक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन्।  

उनीहरूले नगरप्रमुख थारू, प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उनीहरूले ४७ औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन्।  

उनीहरूले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरूलाई गुमराहमा राखेको बताए। वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगरप्रमुख थारू निरङ्कुश बनेको आरोप लगाएका छन्।  उनीहरूले लोकतान्त्रिक अधिकारको हनन गरेर मेयर थारूले निरङ्कुश व्यवहार देखाएको बताए। 

‘हिजो लोकतन्त्र प्राप्तीका लागि लड्यौँ आज आफ्नै लोकतान्त्रिक अधिकार हनन भयो’ वडा नम्बर १ का वडाध्यक्ष विकले भने, ‘मेयरको निरङ्कुश प्रवृत्ति विरुद्ध हाम्रो आपत्ति हो।’ उनले मेयर थारूले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताए।

त्यस्तै अनुगमन समितिको संयोजकबाट हटाइएका कार्यपालिका सदस्य निसानीले आफूलाई हटाउने कुरामा विमति समेत राख्न नपाएको बताए।  उनले निराधार आरोप लगाएर गलत प्रकृयाबाट आफूलाई जिम्मेवारीबाट हटाएको बताए।  ‘नगरप्रमुखले तोक्ने व्यवस्था छ तर हटाउने व्यवस्था स्पष्ट छैन’ उनले भने( ‘गलत काम गर्दैन भन्दा हटाइयो।’

मेयर थारूले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन्।  अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भएपनि उपमेयर खडकबहादुर शाह निलम्बनमा परेका छन्।

केही दिन अघि पत्रकार सम्मेलन गर्दै मेयर थारूले आफूमाथि घेराबन्दी भैरहेको बताएका छन्।  उनले टीकापुरको विकास नचाहने तत्त्वले घेराबन्दी गरेको आरोप लगाए।  

उनले यस्तो विकास विरोधी पक्ष विगतदेखि नै सक्रिय रहेको बताए।  ‘टीकापुरको विकासको वाधक नै यही तत्व हो। यही कारण टीकापुरपछि परेको हो’ उनले भने, ‘सबै हैन केही सीमित व्यक्तिहरू यसमा संलग्न छन्।’ उनले आफू अनुकुललाई राखेर राजनीतिक दलले गोप्य मिटिङ मार्फत पूर्वाग्रह साँधेको बताए।  

उनले गुटबन्दी सिर्जना गरेर जात, भेग, लिङ्गका आधारमा विभाजन गर्न खोजेको आरोप लगाए।  ‘चाहे जोसुकै पार्टीबाट आए पनि विकासका काम गर्न आएको हो’ उनले प्रश्न गरे, ‘यस्तो गुटबन्दीले कसरी विकास हुन्छ ?’ उनले अनुगमन समितिको संयोजक निसानीले असहयोग गरेका कारण वाध्य भएर अर्को संयोजक बनाउनु परेको बताए।

राजनीतिक दलहरूले फागुन १९ गते वडाध्यक्ष र कार्यपालिका सदस्यलाई राखेर नगरप्रमुख कार्यशैलीको विरोध गर्दै सच्याउन ध्यानाकर्षण गराएका थिए।  दलहरूले वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई राखेर बैठक गरेपछि मेयर थारूले पत्रकार सम्मेलन गर्दै चुनौती दिएका हुन।  
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस