‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विभिन्न कार्यक्रम आयोजना गरी स्मरण गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने त्यो विद्रोहका सहिदको स्मृतिमा विशेषगरी इलाम र झापाका कम्युनिस्ट दलले कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
२०२९ फागुन २१ को आजकै दिन कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका)स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो । झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटना ‘सुखानी काण्ड’का रूपमा सर्वत्र चर्चित छ ।
सुखानीका सहिदलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो । आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका आफ्ना सहकर्मी र मार्गदर्शकलाई सहिद घोषणा गर्नुपर्ने लामो समयदेखिको माग सरकारले ४३ वर्षपछि पूरा गर्दा इलाम र झापासमेतका जिल्लाका कम्युनिस्ट नेता–कार्यकर्ता हर्षित भएका थिए ।
सुखानीमा हत्या गरिएका योद्धालाई सहिद घोषणा गरेको साल तत्कालीन नेकपा (एमाले)ले सुखानीबाट ‘मेची भ्रमण अभियान’ समेत सञ्चालन गरेको थियो । सहादतप्राप्त स्थलमा सहिद सुखानी स्मृति प्रतिष्ठानले पाँचै सहिदको अर्धकदको सालिकसमेत रहेको सहिदस्तम्भ निर्माण गरेको छ । नजिकै झापाको सालबारीमा यसअघि नै सुखानीका सहिदको पूर्णकदको सालिक निर्माण भइसकेको छ ।
कुइँकेल, घिमिरे र श्रेष्ठ झापाको गरामनी गाविसका बासिन्दा थिए । दाहाल चारपाने र राजवंशी ज्यामिरगढी बस्थे । उनीहरूलाई एकैसाथ हत्या गरिएको ठाउँमा केही वर्षपहिले सहिद पार्क बनाइएको छ । उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन् । झापा आन्दोलनमा गरामनीकै बिर्जुलाल राजवंशी, हरिकृष्ण चौधरी, भेटला राजवंशी र हेमबहादुर खड्काले समेत सहादत पाएका थिए । प्रहरी नियन्त्रणका बेला जेलमै गोली हानेर हत्या गरिएका योद्धालाई पनि सहिद घोषणा गर्न कम्युनिस्ट नेता–कार्यकर्ताको माग छ ।
झापा आन्दोलनकै बेला झापा गरामनीका चन्द्र डाँगी पनि मारिएका थिए । २०३० साल साउन २० मा गरामनीस्थित नरियाबारीको एक घरमा बैठक गरिरहेका बेला प्रहरीले सुराकी पाएर उनीसहित १२–१५ जनालाई घेराबन्दीमा पारेको थियो । घेराबन्दीबाट उम्किने क्रममा घरबाट बाहिर निस्किँदै गर्दा डाँगी प्रहरीको गोलीले आँगनमै ढलेका थिए । उनलाई पनि सहिद घोषणा गरिएको थियो ।
सहिद भइसकेकाले कम्तीमा पनि वर्षको एकपटक औपचारिकतामा मात्रै भएपनि सम्मान पाउँछन् । ती सहिदसँगै लडेका ज्युँदा सहिद बनेको गुनासोप्रति भने कतैबाट सुनवाई हुन सकेको छैन । सहिदको सम्मान गर्न भन्दै हरेक सहिद दिवसमा र्याली, कोणसभा र जुलुस आयोजना गरिन्छन् । तर, संगैका ज्युँदा योद्धा र सहिद परिवारको भने योगदानको कदर गर्नेतर्फ ध्यान जान सकेको छैन । झापा आन्दोलनका योद्धा विशेषगरी झापा र इलाममा छन् । उनीहरूबाट पटक–पटक आफ्नो उपेक्षा भएको गुनासो आउने गरेको वर्तमानका कम्युनिस्ट पार्टी पनि स्वीकार्छन् ।
केही वर्षअघि झापा दुवागडीका डिगेन राजवंशीले एमाले मुख्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका थिए । उनका छोराले पनि बाबु मरेको केही महिनामा घरमै पासो लगाए । यी घटनाले पनि सहिद र योद्धाको योगदान उच्च ओहोदाका नेताले भुल्दै एमाले इलामका एक नेता बताउँछन् । अझ कम्युनिस्ट नेतृत्वको र त्यसमा पनि झापा विद्रोहका अर्का योद्धा केपी ओली नै प्रधानमन्त्री भएका बेला पनि त्यसबेला आन्दोलनमा योगदान गर्नेहरूप्रति ‘न्याय’ हुन नसकेकामा कम्युनिस्ट नेता नै चिन्ता व्यक्त गरिरहेका छन् ।