उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकमा अध्यादेश, संविधान संशोधनलगायतका विषयमा छलफल भइरहेको छ।
संसद् नचल्दाको बखत सरकारले ६ वटा अध्यादेश ल्याएको छ। त्यसमध्ये भूमिसम्बन्धी अध्यादेश नहुने पक्का भएपछि सरकारलाई थप सकस छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले अरु पाँच वटा अध्यादेशमा समर्थन जनाउन सकिने भए पनि भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएका छन्। यसपछि सरकारलाई सङ्कट थपिएको छ।
गत माघ १८ गते नै सदनमा दर्ता भएका अध्यादेश राष्ट्रिय सभामा बहुमत नपुग्दा सरकारले निर्णायर्थ प्रस्तुत गर्न सकेको छैन।