ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाबारे उत्पन्न विवाद समाधान गर्न सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
गृह मन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘नो केबलकार समूह’ सहित आन्दोलनरत पक्षलाई छलफलका लागि आमन्त्रण गरेको हो।
वार्ता टोलीले स्थानीय समुदायले उठाएका सामाजिक, धार्मिक, तथा सांस्कृतिक विषयहरू वार्तामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘केबलकार निर्माण कार्यलाई हाललाई स्थगित गर्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकार इच्छुक छ।’ वार्तामा सहभागी हुन आन्दोलनरत पक्षलाई आग्रह गर्दै सरकारले सहमति खोज्ने प्रयासलाई निरन्तरता दिएको छ।
यसअघि, माघ २२ गते दुई पक्षीय वार्तामा निर्माण कार्य स्थगित गर्ने सहमति जुटेको थियो। साथै, माघ २७ गते उच्चस्तरीय राजनीतिक वार्ता बस्ने सम्झौता भए पनि आन्दोलनरत पक्षले सरकारी वार्ता टोलीसँग छलफल गर्न अस्वीकार गर्दै राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएको थियो।