भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गरेका छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गरेका हुन्।
विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भएपनि मूल्याङ्कन नगरिएको उनको गुनासो रहेको छ। उनले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७।९ राखिएको भएपनि आफूहरू निराश नभएको उल्लेख गरे। उनले बुटवल–नारायणगढ र मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गरेका छन्।
उनले भने, ‘स्मार्ट लाइसेन्स चाहिँ हामीले ९ लाख छापेर दिने भनेका रहेछौँ। तर हामीले १ लाख ६९ हजार ४ सय ३९ मात्र दिन सकेका रहेछौँ। यो हाम्रो पूर (कमजोर) प्रगति हो। हामीले पानी जहाज विधेयक संसद्मा पेश गर्ने भनेका रहेछौँ। त्यो हामीले पेश गरेका छौँ। यसबीचमा हामी विपद्को लागि कामहरू गरेका छौँ। यसको चाहिँ मूल्याङ्कन नै नगर्ने त?’
उनले थपे, ‘हामीले धेरै कामहरू गरेका छौँ। काम गर्ने प्रयत्न गरेका छौँ। बुटवल नारायणगढ सडकखण्डमा हामीले यति धेरै प्रयत्न गर्यौं कि भनी साध्य नै छैन। यस सम्बन्धमा हामीले चिनियाँ उच्च लिडरसिपसँग पनि हामीले यो विषयमा कुराकानी गरेका छौँ। यो त देशको लाइफलाइन हो नि। त्यहाँ काम नहुने भयो। ठेक्का तोडेर बनाए पछाडि जाने भएका कारण त्यही ठेकेदारको पछि लागेर त्यो सम्पन्न गर्ने चरणमा पुगेका छौँ। मुग्लिङ–पोखरा जानुभयो भने हामीलाई तपाईंले धन्यवाद दिनुहुन्छ।’ काम गरिराखेको दाबी गर्दै उनले कुनैपनि सांसद एवं मन्त्रीको प्रगति विवरणको मार्कसिट वितरण नगर्न समेत अनुरोध गरेका छन्।