नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले 'टिके प्रथा' सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्। शुक्रबार (आज) सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'कुनै पनि पार्टी र सङ्घ-सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ। अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ,' उनले भने।
अगाडि उनले भने, 'स्थायी कमिटीको बैठकले पार्टी र जनसङ्गठनका बीचमा महाधिवेशनपछि गर्नुपर्ने विभिन्न कार्य विभाजनका सिलसिलामा हिजो जे जिम्मेवारी थियो त्यसबाट अन्यत्र जिम्मेवारी दिएर हेरफेर गरेको कुरामा केही भन्नु छैन। तर, कस्तो प्रक्रियामार्फत जाने ? गरिरहेको जिम्मेवारी चट्ट छाडेर जाने हो कि कसरी जाने ? यसबारे पद्धति विकास गर्न जरुरी छ।'