कांग्रेस प्रमुख सचेतक भन्छन्- अध्यादेश कहिले अघि बढ्छ, थाहा छैन
०८ फागुन २०८१
•
१ मिनेट पाठ
कांग्रेस प्रमुख सचेतक भन्छन्- अध्यादेश कहिले अघि बढ्छ, थाहा छैन
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश अघि बढ्नेबारे अझै अन्योल रहेको बताएका छन्।




यसबारे छलफल भइरहेको भए पनि यहि मितिमा अघि बढ्छ भन्ने अन्योलकै विषय रहेको उनले नागरिकलाई बताए। 'हामीले यो दुई महिनाभित्र टुङ्ग्याउनुपर्छ,' उनले भने, 'कहिले अघि बढ्छ, यसबारे अहिल्यै केही भन्न सकिँदैन। थाहा छैन।'

उनले सरकार अध्यादेशहरू पास हुने सुनिश्चितता खोजिरहेको उनले बताएका छन्। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले काम गरिरहेको उनले बताएका छन्।

'तर, कहिले अगाडि बढ्छ, पासचाहिँ हुन्छ नै,' प्रमुख सचेतक घिमिरेले भने, 'त्यसकै लागि ढिलो भइरहेको हो। सदनमा निर्णयार्थ प्रस्तुत भइसकेपछि अध्यादेश पास भइहाल्छ।'

संसद् अधिवेशन नचलेको बखत सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। ती अध्यादेशहरू पास गर्नका लागि सरकारलाई प्रतिनिधि सभामा नभए पनि राष्ट्रिय सभामा भने सङ्ख्या अपुग छ। त्यसैले सरकारले यसलाई अगाडि बढाउन सकेको छैन।

सरकार अहिले राष्ट्रिय सभामा बहुमत जुटाउन लागिपरेको छ। यसका लागि सरकारले राष्ट्रिय सभामा तीन सिट भएको जनता समाजवादी पार्टी, नेपाललाई फकाइरहेको छ। तर, उसले अन्य पाँच वटामा समर्थन गर्न सकिने बताए पनि भूमिसम्बन्धी अध्यादेश फिर्ताको माग गरिरहेको छ।

तर, सरकार भने सबै अध्यादेश पास हुनुपर्ने अडानमा छ। यसर्थ, अध्यादेश कहिले अघि बढ्छ, यसबारे अन्योल परेको छ।
अर्को समाचार
शिक्षा विधेयकमा कांग्रेस बाधक !
१७ असार २०८२
•
३ मिनेट पाठ
शिक्षा विधेयकमा कांग्रेस बाधक !
सरकारले विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस बाधक बनेको छ। विधेयकबारे गत असार १६ गते प्रतिनिधि सभामा छलफल भएर सबै विषय टुङ्गो लागिसकेको बताइएको छ।




तर, अन्तिम अवस्थामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे नै 'बाधक' बनेको आरोप पूर्वशिक्षामन्त्रीसमेत रहेका सांसद देवेन्द्र पौडेलको छ। उनले कांग्रेसले नयाँ पुस्ताको विद्यालय शिक्षामा प्रवेशको ढोका नै बन्द गर्नेगरी लागिपरेको भन्दै आरोपित गरे। 

‘सोमबार नै लामो समयसम्म बैठक बसेर छलफल गरेर हामी सबै सांसदहरू शिक्षा उपसमितिले सहमति जुटाएर निर्णय गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाटै अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्नेबारे सहमति जुटिसकेको थियो,' पौडेलले नागरिकसँग भने, 'तर, अन्तिम समयमा आएर कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेज्यूले आज हस्ताक्षर नगरौँ, पछि गरौँ भन्नुभयो। यसमा शिक्षामन्त्री पनि मान्नुभयो र बैठक अनिश्चितकालको लागि स्थगित गरेर हिँड्नुभयो। यसरी कांग्रेस विधेयकमा बाधक बन्यो। समग्र शिक्षा क्षेत्रलाई बन्धक बनाउनु पनि अपराध हो।’

पौडेलकै पालामा अस्थायी प्रकृतिका राहत, अनुदान, करार, साबिकका उमावि, प्राविधिक शिक्षा, विशेष शिक्षालगायतका सबै शिक्षकको स्थायित्वको सवालमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था मूल विधेयकमा गरिएको थियो। पछि संसदीय दलको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिअन्तर्गतको शिक्षा उपसमितिका संयोजक छविलाला विश्वकर्माको संयोजकत्वमा सरोकारवालाहरूसँग छलफल गरी ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामा सहमति जुटेर निर्णय भएको थियो। तर, जब समितिले संसद्‌मा असार १५ गते प्रस्तुत गर्ने विषय आयो, ततबब नेपाल शिक्षक महासङ्घले एमाले र कांग्रेसका सांसदहरूलाई दबाब दिएर ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पधा हुनुपर्ने अडान राखे।

भनसुन र राजनीतिक जोडबलका आधारमा विद्यालयमा अस्थायी प्रकृतिका नियुक्ति पाएका शिक्षकहरूलाई स्वतः स्थायी बनाउनु जस्तो मुर्खता अरु कुनै नहुने भन्दै अन्य सांसदहरूले आपत्ति जनाएका छन्। ‘सबै आन्तरिकबाटै स्थायी गरेपछि नयाँ पुस्ताको विद्यालय प्रवेशमा ढोका नै बन्द हुन्छ। कांग्रेस बाहेक सबै दलका सांसदहरू युवा पुस्तालाई विद्यालय शिक्षामा प्रवेशका लागि पनि ६०-४० मै सहमति हुनुभएको हो,' पौडेलले भने। कांग्रेस खुलेरै राजनीति नियुक्ति पाएका अस्थायी प्रकृतिका शिक्षकलाई स्वतः स्थायी गरिनुपर्नेमा उत्रिएपछि विधेयक पारित गर्ने कार्यसूची नै रोकेर अनिश्चितकालका लागि बैठक स्थगित गर्नु शिक्षाको हितमा नरहेको उनले स्पष्ट पारे।

प्रमुख सचेतक श्याम घिमिरे स्वयम् भने अहिले शिक्षक महासंघलाई 'बाइपास' गरेर विधेयक पारित गर्दा शिक्षा क्षेत्रलाई पुनः एकपटक आन्दोलनको संघारमा पुर्‍याउने बताउँछन्। 'सबै विषयवस्तुमा कुरा मिलिसकेकै छ। अब रह्यो- शिक्षकको माग ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला र अर्कोतिर समितिले निर्णय गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाको बिचको बाटो तय गर्ने सवाल। हामीले पनि शिक्षालाई निकास दिन खोजेकै हौँ। यसैकारण फेरि पनि आन्दोलन नहोस् भन्ने चाहना हो,' घिमिरेले नागरिकसँग भनेका छन्।

विधेयकलाई कानून बनाउने क्रममा विशेषगरी शिक्षक महासंघको आवधिक बढुवा र आन्तरिक तथा बाह्य प्रतिस्पर्धाको कुरा नमिलेको उनको भनाइ छ। त्यसकारण यो पारित हुन समय लाग्ने उनी बताउँछन्। 'यसकारण विधेयक पारित हुन समय लाग्न सक्छ। सबैलाई मिलाएर बीचको निकास दिन कांग्रेस चाहन्छ,’ उनले भने।

नेपाल शिक्षक महासंघका महासचिव तुला थापाले भने नेमहासंघसँग विगतमा भएको सहमतिअनुसार ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धालाई समेटेर विधेयक पारित हुनुपर्ने माग गर्छन्। त्यसो नभए महासंघ पुन: आन्दोलनमा होमिने चेतावनीसमेत उनको छ। आवधिक बढुवाको सवालमा पनि १०/१० वर्षमा हुनुपर्ने महासंघको माग छ। तर, विधेयकले भने १०-१२ वर्षको अनुभव हुनु पर्ने शब्द उल्लेख गरको छ।

यो पनि पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक: सहमति एउटा, प्रतिवेदन अर्कै
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस