नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले केही दिन पहिलेको प्रधानमन्त्रीसँगको सवाल-जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको टिप्पणी गरेका छन्।
मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले यस्तो बताएका हुन्।
'केही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,' पूर्वमन्त्रीसमेत रहेका किरातीले भने।
उनले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताएका छन्। 'आज मुलुकलाई अहङ्कार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,' उनले भनेका छन्।
गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवाल-जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्।