कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर भएको बताएका छन् । उनले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताए ।
कर्णाली उत्सवको छैटौँ संस्करणलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्त्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जनाए । ‘कर्णालीको भविष्यसँग जोडिएका उत्तर चीनतर्फ जोड्ने कर्णाली कोरिडोर, भेरी कोरिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेको अवस्था छ,’ उनले भने, ‘अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत् प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन् ।’
मुख्यमन्त्री कँडेलले आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै रहेको बताए । ‘कर्णालीले मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ, हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ,’ उनले भने, ‘मानसरोवर मार्ग, फोक्सुन्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् ।’
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन,’ उनले भने, ‘आफ्नो अधिकार क्षेत्र पर्ने कामहरू इमानदारितापूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरू संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु ।’
मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको बताए । ‘यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापि हुन सक्दैन,’ उनले भने, ‘व्यक्तिका तमाम कमजोरीहरू होलान्, सत्ता सञ्चालन र शासनमा आमूल सुधारको अपेक्षा होला, त्यसलाई अन्यथा मानिदैन् ।’
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो । ‘जे कामका लागि युवाहरू विदेश गएका हुन्, त्यो कामको लागि सीप, तालिम नहुनु र त्यसको अवस्थालाई बुझ्न नसक्दा थुप्रै युवाहरुले समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘त्यसैले सकेसम्म रोजगारीमा जानु पूर्व सीप सिकेर जानुपर्छ, तालिम लिएर मात्र जाने कुरामा सचेत गराउनुपर्छ ।’