राष्ट्रियसभामा प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीको ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भन्ने अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ। राष्ट्रियसभाका सांसदहरूले शाहीको टिप्पणी आपत्तिजनक भन्दै खेद प्रस्ताव पारित गरेपछि सांसद शाहीले झन् आक्रामक शैलीमा सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्।
राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक पारित गरेपछि सांसद शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रमजस्तो भएको’ भन्ने टिप्पणी गरेका थिए। आइतबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै राष्ट्रियसभाको गरिमामाथि आँच पुगेको बताए।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको भन्दै शाहीले कुण्ठा पोखेको बताएका थिए।
उनले वृद्धहरू राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा धेरै भएको बताउँदै बाँचेको खण्डमा ‘तपाईं पनि वृद्ध हुनुहुन्छ’ भन्दै मुखारविन्दबाट बोल्न आग्रह गरेका थिए।
संसद्को शून्य समयमा शाहीको टिप्पणीलाई निन्दनीय भन्दै भने उनले भनेका थिए, ‘म खेद प्रकट गर्दछु। प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन्। राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनी तथानाम सरापेका छन्। विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ। बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ। अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ।’
सांसद जयन्तीदेवी राईले पनि शाहीको अभिव्यक्तिलाई “गैरजिम्मेवारपूर्ण” भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरिन्। “सांसद शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम र केही दिनको पाहुना भनेको कुरा निन्दनीय छ,” उनले भनिन्।
यसपछि राष्ट्रियसभाले शाहीको अभिव्यक्तिप्रति औपचारिक रूपमा खेद प्रस्ताव पारित गर्यो। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले “सांसद शाहीको टिप्पणी कपोकल्पित र गैरजिम्मेवारपूर्ण” भएको बताउँदै यस्तो खालको अभिव्यक्ति नदिन निर्देशन समेत दिए।
राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित भएपछि सांसद शाहीले सामाजिक सञ्जालमा झन् आक्रामक शैलीमा जवाफ दिए। उनले फेसबुकमा लेखे, “चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ?”
उनले सांसदहरूलाई जनतासामु जान चुनौती दिँदै भने, “मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। वृद्धाश्रममा जानुपर्ने बाजे बजैलाई घरमा गएर आफ्ना नाति-नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रियसभालाई हामी युवाहरूको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।”
सांसद शाहीको विवादास्पद टिप्पणी र राष्ट्रियसभाको खेद प्रस्तावपछि यो विषय थप राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख देखिन्छ। शाहीका समर्थकहरूले उनको अभिव्यक्तिलाई यथार्थपरक र सत्य बोल्नेलाई दबाउने प्रयास भनेका छन् भने उनका आलोचकहरूले नागरिक निर्वाचनबाट नछानिएकाहरूको समेत सम्मान गर्नुपर्नेमा उनले बेवास्ता गरेको आरोप लगाएका छन्।