आइतबार (आज) प्रतिनिधि सभामा 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम थियो। जसअनुसार पोडियममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० जना सांसदहरूले प्रश्न सोधे।
प्रश्न गर्ने सांसदहरूमा प्रकाश ज्वाला, डा. प्रकाशशरण महत, प्रतिमा गौतम, प्रतीक्षा तिवारी, प्रभु हजारा, प्रेमबहादुर आले, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वर्षमान पुन र प्रभु साह थिए।
त्यसमध्ये प्रकाश ज्वाला, वर्षमान पुन र प्रभु साह प्रश्नको जवाफ त प्रधानमन्त्री ओलीले दिएनन्। ज्वाला र पुनको प्रश्नमा उनले प्रतिप्रश्न गर्न भ्याए भने साहको प्रश्नको उत्तर दिन आवश्यक नै ठानेनन्।
सांसद प्रकाश ज्वालाले ‘तपाईंले नै तामझामका साथ सिल्यान्याश गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’ भनेर प्रश्न गरेका थिए।
तर, प्रधानमन्त्री ओलीले उल्टै उनैलाई प्रतिप्रश्न गरे। ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रम रद्द गर्नेहरूले नै फेरि तीन वर्षे कार्यक्रम रद्द हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा १६५ निर्वाचन क्षेत्रमा एकरएक वटा रणनीतिक सडकको अवधारणा ल्याएका थिए। जसको प्रगति विवरण सांसद ज्वालाले मागेका थिए।
यसपछि प्रधानमन्त्री ओलीले सांसद वर्षमान पुन पुनको प्रश्नको जवाफमा पनि बढी प्रतिप्रश्न नै गरे। पुनले ‘अर्थतन्त्रमा सिथिलता आएको छ। जनताको चुल्हो महङ्गीको मारमा परेको छ। पुँजीगत खर्च भइरहेको छैन। युवाहरूको पलायन बढेको बढ्यै छ। समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के के छन् ?’ भनेर प्रश्न गरेका थिए।
तर, उनले पुन पनि यसअघि अर्थमन्त्री नै रहेको उल्लेख गर्दै भने, 'असार नरोपेपछि मंसिरमा धान फल्दैन। ७ महिना अगाडि तपाईं आफैँ अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु। फेरि पनि प्रश्न गर्नुभएकोमा धन्यवाद छ । तर, उसबेलाको पनि अलिकति सम्झनु पर्छ कि ?’
सांसद प्रभु साहको प्रश्नको जवाफ त प्रधानमन्त्री ओलीले झन् दिँदै दिएनन्। बरु उल्टै झर्किए। साहले विभिन्न ८ वटा प्रश्नहरू सोधेका थिए।
प्रधानमन्त्री ओलीले यति मात्र भने, 'संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा; तपाईंलाई के लाभ भयो ? म म्यानपावर कम्पनीको मान्छे हो ? यो अहिले म सरकारमा आएपछि ८ महिनायता सुरु भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा भएको हो ? उहाँको प्रश्नमा जवाफ दिइराख्नुपर्ने छैन। सबैको उत्तर आफैँले बोकेर आउनुभएको छ। त्यसकारण मैले उत्तर दिइरहनुपरेन। यहाँहरूलाई धन्यवाद छ।'
सांसदहरूले उठाएको प्रश्नको जवाफ ठीकसँग नदिएपछि प्रधानमन्त्री ओलीको आलोचना भएको छ। राजनीतिक विश्लेषक हरि रोका संसद्मा प्रधानमन्त्री गैरजिम्मेवार देखिएको टिप्पणी गर्छन्। 'प्रधानमन्त्रीले साह्रै अशोभनीय, गैरजिम्मेवार र मुलुकका समस्याप्रति गैरसंवेदनशील ओठे जवाफ फर्काउनुभयो,' उनले भने।
यसबाट प्रधानमन्त्री ओली दम्भी मात्रै नभएर प्रश्नहरूले बोकेको ओजनको गाम्भीर्यता बुझ्न अक्षम देखिएको विश्लेषक रोकाको भनाइ छ। 'खासगरी प्रभु साहले उठाएको अन्तरर्राष्ट्रिय बसाइ सर्नेहरूले गर्ने मुद्रा अपचलन, उचित च्यानलबाट नआउने रेमिट्यान्स हुण्डीबाट आएर गरिने ठगी जसले राष्ट्रिय ढुकुटी खुम्च्याउँछ र आवासका नाममा कनिका छराइ बजेट बाँडेको सम्बन्धमा गरिएका प्रश्नहरूको उहाँले उत्तर दिनुभएन। लस्कर सल्लाहकार राखेका उनले समस्या नबुझेका भए उनी अक्षम हुन्, बुझेर बुझ पचाएका भए उनले गरिमामय संसद्को अपहेलना गरे,' उनले भनेका छन्।