प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकार लोकतन्त्रका प्रति इमान्दार नदेखिएको आरोप लगाएका छन्।
सोमबार (आज) संसद् जारी सुरक्षित कारोबार २०६३ लाई संशोन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 'सरकार लोकतन्त्रका प्रति इमान्दार छैन,' उनले भने, 'मूल्य मान्यता स्थापित गर्नेगरी सरकारले काम गरिरहेको छैन।'
उनले सरकारले व्यवस्थापितका प्रति नै झम्टिएको पनि बताए। 'सरकार संसद्सम्म डराएर, छलेर र भागेर हिँड्छ र अध्यादेशको बाटो हिँड्छ। करबलले संसद्समम ल्याइपुर्यायो, फेरि संसदीय मूल्य-मान्यता, शक्ति पृथकीकरणको सिद्धान र प्रतिनिधिसभाको व्यवस्थालाई उल्लङ्घन गरेर व्यवस्थापिकामाथि नै झम्टन्छ,' उनले भने।