सत्तारूढ दल नेकपा (एमाले) का सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो विगततिर फर्किन आग्रह गरेका छन्।
आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरीले यस्तो आग्रह गरेका हुन्। दाहालले ३५ वर्षमा गर्न नसकेको काम ६ दिनमा गर्नका लागि अध्यादेश ल्याएको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै गिरीले भने, 'विगततिर फर्किनुस्, युद्धको आगो नबलेको भए यो मुलुकले खरबौँ रुपैयाँको नोक्सानी भोग्नपर्ने थिएन। करोडौँको पूर्वाधारको घाटा भोग्नुपर्ने थिएन। त्यसका कारण यो मुलुक पचास वर्ष पछि धकेलिएको छ, गरिबीको दुष्कर्ममा फस्नुपर्ने भएको छ।'
गिरीले यसपटक दाहाल प्रधानमन्त्री हुँदाभन्दा चार दिन अगावै संसद् अधिवेशन बोलाइएको पनि स्मरण गराए। 'गतसाल माघको २२ गते मात्रै संसद् बैठक बसेको थियो। यसपटक १८ गते संसद् आह्वान गरियो। गतसालको भन्दा चार/पाँच दिन अगाडि नै बैठक बसेको छ। गतसाल संसद् छलेको भएन, भागेको भएन, संसद्लाई उपेक्षा गरेको भएन। तर, अहिलेचाहिँ सरकार भागेको भन्ने आयो। यस्तो अभिव्यक्ति उहाँबाट आउनु सुहाउने कुरा होइन,' उनले भने।