जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको तीन दिनसम्म चलेको बैठक सोमबार साँझ सम्पन्न भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको थियो।
बैठकले पूर्वी नेपालमा भइरहेको 'नो केबलकार आन्दोलन' माथिको सरकारी दमन तुरुन्त रोक्न र वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।
साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरिएको जसपा अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयले जनाएको छ।
जसपाले किराँत-लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचना जोगाउन गरिएको आन्दोलनमाथिको सरकारी दमनलाई लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन भएको ठहर गरेको छ।
बैठकले धार्मिक, सांस्कृतिक आस्था र पहिचानको रक्षा गर्दै अहिंसात्मक तथा शान्तिपूर्ण सङ्घर्ष गरिरहेका जनतामाथि बल प्रयोग गरेर सरकारले आदिवासी–जनजाति समुदायको अधिकार हनन गरेको निष्कर्ष निकालेको छ।
बैठकमा माघ २४ गते संसद्मा प्रस्तुत हुने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा पनि छलफल भएको छ। यसबारे निर्णय गर्न मंगलबार सिंहदरबारमा बस्ने जसपा नेपालको संसदीय दलको बैठकले अन्तिम टुंगो लगाउने बताइएको छ।
बैठकले लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्जमा बीर बहादुर नेपाली, र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा प्रेमचन्द्र झालाई जिम्मेवारी दिएको छ।
त्यस्तै, 'जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान' को प्रदेश, जिल्ला, पालिका, र वडा स्तरको समीक्षा गरिएको छ।
निर्वाचन क्षेत्रगत प्रगति विवरणसहितको छलफलमा अभियान उत्साहजनक, प्रभावकारी, र परिणाममुखी रहेको निष्कर्ष निकालिएको छ। माघ मसान्तपछि अभियान स्थगित गरी आगामी वैशाखभित्र प्रदेश, जिल्ला, र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका सङ्गठनहरूलाई निर्देशन दिएको छ।
जसपाले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने प्रक्रिया पनि अघि बढाएको छ। दुई दर्जन नेताहरूको नाम सङ्कलन गरी थप छलफलपश्चात् समितिको नेतृत्व र अन्य सदस्यहरू चयन गरिने बताइएको छ।
कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको छ। दश जनाको नाम प्रस्ताव भए पनि थप गृहकार्य गरेर चाँडै टुंगो लगाइने निर्णय गरिएको छ। हाल कार्यकारिणी समितिमा तीनजना विभागीय प्रमुखसहित ३५ सदस्य रहेका छन्।